कमेडी जनरामा निर्माण भएको नेपाली चलचित्र ‘लक्का जवान’ यहि बैशाख २३ गतेबाट प्रदर्शनमा आउदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिटले प्रचारप्रसारलाई व्यापक बनाउदै छ । काठमाडौमा मात्रै नभई युनिट प्रदेश १ मा समेत प्राचारको लागि आइपुगेको छ । शुक्रबार चलचित्रका तर्फबाट हास्य कलाकार तथा लक्का जवानका निर्देशक शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’ र अर्का हास्य कलाकार किरण केसि ‘राता मकै’ पुर्व आएका हुन् ।

बिराटनगर एअरपोर्टदेखि १० ओटा अटोमा पोस्टरसहित ‘अटो र्याली’ गर्दै इटहरी आएर पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार किरण केसिले एउटै गीतमा २७ लाख खर्च गरिएको जानकारी गराए भने निर्देशक शिवहरीले यो चलचित्रको कथा अर्गानिक आफ्नै गाउघरको भएकोले १० वर्षपछि लक्का जवान हेर्दा पनि यस्को कथा पुरानो नहुने बताए । इटहरीको पत्रकार सम्मेलन पश्चात् केसि र पौडेल धरान पुगे । धरानमा पनि व्हाइट हाउस होटल म्यानेजमेन्ट स्कुलमा धरानका पत्रकारबिच पत्रकार सम्मेलन गरियो ।

इटहरी र धरानको पत्रकार सम्मेलनपछि अर्को कार्यक्रमको तय भोलिपल्ट शनिबार पुर्व झापामा गरिएको थियो । झापाको दमकमा पनि पत्रकारसम्मेलन गर्दै प्राचारका लागि आएका यी २ ‘कमल डान्स च्याम्पियन २०७९’ मा प्रमुख अतिथिको भुमिका निर्वाह गर्न समेत पुगेका थिए । लक्का जवान चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो चलचित्र निर्देशन हो । निर्देशक पौड्यालकै कथा र पटकथा, सिनेमेटोग्राफरमा पुरुषोत्तम प्रधान र सम्पादनमा मित्र डि गुरुङ रहेका छन् । धुर्व वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सकाको ब्यानरमा बनेको हो ।

>









Discussion about this post