काठमाडौं। आर्टिस्टनेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्बजनिक गरेको छ। सन् २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal.com साईटमा गएर बिभिन्न विधाका कलाकारहरुले आफ्नो प्रोफ़ाईल, फोटो, भिडियो, अवार्ड लगायत सम्पूर्ण जानकारीहरु आफैले आफ्नो नामको पेज रजिस्टर गरि अपडेट गर्न सक्नेछन।
मिडिया, संचारकर्ममा आबद्द भई पहिचान बनाएका संचारकर्मी, रेडियोकर्मी तथा टेलिभिजनकर्मीहरुले पनि मिडिया पर्सनालिटीको रुपमा आर्टिस्टनेपाल मार्फत पृष्ठ बनाउन सक्नेछन।

यस वेब मार्फत गीत संगीत चलचित्र, बाध्यबादन, मोडलिङ्गसँग सम्बन्धित सबैबिधाका सम्पूर्ण कलाकार, संचारकर्मी लागायत सबैले आफ्नो पृष्ठ सृजना गरेर आफैले भर्न सकिने सँस्थाका निर्देशक नव ढुङ्गेलले जानकारी दिए। अब हरेक कलाकारको आफ्नै छुट्टै वेबपेज हुने र यसको लागि छुट्टै डोमेन लिनु नपर्ने भन्दै उनले भने “आर्टिस्टनेपाल विश्वभर फैलिएको नेपाली कलाकारहरूको समुदाय हो, जहाँ नयाँपुराना सबै कलाकारहरू आफैले आफ्नो प्रोफाइल र जानकारी सङ्ग्रह गर्न सक्नेछन् र यसको लागि आह्वान पनि गर्दछौ।”
यसका साथै पछिल्लो समयको माग अनुरुप कलाकारहरूले सम्मानित पेशालाई थप जिम्मेवार, एकताबद्ध बनाउन र बिगतको कामहरु हेरेर उत्कृष्ट कलाकारहरूसँग व्यवशायिक प्रयोजनको लागि विश्वव्यापी रूपमा लगानी गर्न वा काम गर्नका लागि यो वेबसाईटले सहयोग पुग्ने ढुंगेलले बताए।

अझै धेरै अत्यावश्यक फिचर्सहरु थपिने क्रममा रहेको यस आर्टिस्टनेपालमा धेरै कलाकारहरुले आफैले प्रोजाईल सृजना गरिसकेका छन् भने केहि कलाकारलाई आर्टिस्टनेपाल आफैले खाता खोलेर सम्मान स्वरुप प्रोफ़ाईल हस्तान्तरण गर्ने तयारी गर्दैछ।
कलाकार तथा कलासँग सम्बन्धित सबैलाई प्रवर्द्धन गर्न, एक आपसमा चिनाउन, एकताबद्दगर्नका लागि समर्पित यो वेबसाईट मार्फत उनीहरू असंख्य शुभचिन्तकहरु माझ पुग्न सक्ने, कलाकारहरूको डाइरेक्टरीको रुपमा पर्योग गर्न सकिने आर्टिस्ट नेपालका संस्थापक निर्देशक नव ढुङ्गेलले बताएका छन् ।
कसरी प्रयोग गर्ने ?
वेब ब्राउजरमा गएर artistnepal.com टाईप गर्ने। युजर नाम र ईमेल आईडी हालेर रजिस्टर गर्ने। आफ्नो ईमेलमा जाने र आर्टिस्टनेपाल मार्फत आएको कन्फरमेसन ईमेलमा आएको लिंकमा क्लिक गर्ने। जहा बाट पासवर्ड परिवर्तन गर्नुहोस र पुन: वेबसाईटमा गएर लगईन गर्नुहोस। भित्र आकर्षक ड्यासबोर्ड पाउनुहुनेछ जहा बाट तपाईले बनाउन सक्नुहुनेछ आफ्नै वेबपेज।
आफ्नै ड्यास्बोर्ड जहाँ आफैले आबश्यक अनुरुप फोटो ग्यालरी ,प्रोफाईल, भिडियो राख्नुहोस । र पर्सनल वेबसाईटको रुपमा प्रयोग गर्नुहोस। या मद्दतको लागी https://artistnepal.com/help/ मा गएर पनि थपबुझ्न सकिनेछ।

>










Discussion about this post