इटहरी/ कोरोनाले ठप्प भएको सिनेमा हलहरु खुल्न थाले संगै चलचित्रले बजार तताउन सुरु गरेको छ । नेपाली चलचित्रमा दर्शक ओइरिनुले एउटा खुसी छ भने चलचित्रसम्बन्धि अर्को अवार्ड समारोहको घोषणा हुँदा अर्को खुशी थपिएको छ । प्रदेश १ मै पहिलो पटक तामझाम सहित गर्न लागिएको ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ घोषणा गरिएको हो । आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै यो अवार्ड कार्यक्रमको घोषणा गरिएको हो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ २०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न हुनेछ ।
मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए । उनले भने, ‘बिराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ ।’ कोरियोग्राफरका रुपमा परिचीत साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दावी गरे । भने,‘मैले केही बर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।

’
अवार्ड समारोहको अध्यक्षमा हरि सिवाकोटी, उपाध्यक्षमा रविन थापा, प्रबन्ध निर्देशकमा चन्द्र प्रकाश राजबंशी, बजार प्रमुखमा चन्द्रमणि सिवाकोटी रहेका छन् भने प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, सल्लाहकारमा विवेक न्यौपाने, कार्यक्रम संयोजकमा आशिमा दुतराज र सञ्जु सापकोटा, ब्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य रहेका छन् । कार्यक्रम निर्देशक राजबंशीका अनुसार अवार्डको जुरीहरुलाई भने गोप्य राखिएको छ । उनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’
अवार्ड शोमा २०७६, २०७७ र २०७८ सालमा प्रदर्शनमा आएका नेपाली चलचित्रलाई समावेश गर्दै विभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने र हरेक बिधाको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्बजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथिमा अभिनेता सरोज खनाल रहेका थिए भने चलचित्र निर्देशक समाजका महासचीव जनकदिप पराजुली, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।

>










Discussion about this post