चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। केही दिनअघी रेखा थापाले बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको हुन ।
लामो समय देखी अर्काको प्रेममा रहेका रेखा र बलराम काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि छ्बिराज ओझा र् रेखा थापाको डिभोर्स भएको थियो । हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।
३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्।गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।

>









Discussion about this post