नेपालीहरुको महानपर्व दशैँ, तिहार नजिकिए संगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ, यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी छिन । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) आइतबार सार्वजनिक गरिएको हो ।

>








Discussion about this post