चलचित्र जार मा सौगात मल्ल र अनुपविक्रम शाही का साथै गिताञ्जली थापाको पनि मुख्य भूमिका रहेको छ् । गिताञ्जली थापा भारतमा ‘राष्ट्रिय अवार्ड विजेता’ कलाकार हुन् । सार्वजनिक भएको फस्ट लुक्स पोस्टरमा पुरुष पात्रले अर्को पात्रलाई लखेटी रहेको हेर्न सक्छौ । सिक्किममा छायांकन गरिएको चलचित्र जारको कथा वस्तु महिला पात्रमा केन्द्रिद छ् । सिक्किमेली समाजमा घटेको एक वास्तविक घटनालाई प्रस्तुत गरिएको चलचित्र जारलाई फुर्वा छिरिङ लामाको निर्देशन गरेका हुन । चलचित्रको कथा भने ईन्द्र बहादुर राइको रहेको छ् । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, अखिलेश राइको सम्पादन छ । चलचित्रको सम्पादनदेखि सम्पूर्ण प्राविधिक काम भारतमा नै गरिएको हो ।

>








Discussion about this post