१७ असार, इटहरी । प्रदेश १ मा बिहिबार ५५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसहित प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।
यस्तै, प्रदेश १ मा बिहिबार ४७८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि हुनेमा झापाका १४३, सुनसरीका १३९, मोरङका ९७, ताप्लेजुङका १०, इलामका ७, उदयपुर र धनकुटाका ६–६, तेह्रथुमका ३, संखुवासभाका २, ओखलढुङ्गा, भोजपुर र खोटाङका १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।
सुनसरीमा बिहिबार संक्रमण पुष्टि भएकाहरूमा धरानमका ८२, इटहरीका ३३, रामधुनीका ७, बराहक्षेत्रका ६, गढीका ३, दुहबी र इनरुवाका २–२ र स्थानीय तह नखुलेका ४ जना छन् ।
बिहिबार थपिएकासहित प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७२ हजार १४७ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ७ हजार १६१ रहेको मन्त्रालयले जनाएको छ ।

>









Discussion about this post