युवा ज्योतिस तथा कलाकार हरिहर अधिकारीका पिताको केही दिन अगाडी कोरोना संक्रमणका कारण निधन भयो । हरिहर अधिकारीका पिताको निधनपछि नायिका नीता ढुंगानाले आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ भन्दै मन छुने स्टाट्स लेखेकी छन । एक बर्ष देखी हरिहर र् निता प्रम सम्बन्धमा छीन ।
यस्तो छ् स्टाट्स
मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।
सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् ।i miss you buwa


>









Discussion about this post