गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन ।अमेरिकामानै रहेका नेपाली साथै नेपाली भाषी भुटानीहरुसँग को सहयोगमा उक्त रकम जुटाएका हुन ।पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको रामकृष्णले जानकारी दिएका छन् । अक्सिजन सिलिण्डरको अभावमा मनिषहरु ज्यान गुमाउनु परेको हुँदा स्रोता एवं दर्शकमाझ सहयोगको आब्हान गरेर रकम जुटाएको सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन । ढाकलले पीडामा मल्हम लगाउने उच्च मानवीय मूल्य भएको जाति हो भन्ने परिचय दिन पनि रामकृष्णले सबैमा अनुरोध गरेका छन् ।

>








Discussion about this post