Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

रबिन राउत by रबिन राउत
४ बैशाख २०७८, शनिबार १२:०३
in मनोञ्जन
0
नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ४ बैशाख
‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो ।
कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको छ । बहसमा नेपाल र अफ्रिकाबाट आएका सिनेकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।


महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आफुहरुले आयोजना गर्दै आएको बताएकी छिन् ।
मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ । अफ्रिकी मुलुकका सिनेमा निर्माण शैली र नेपाली सिनेमा निर्माण सैली, नेपाली सिनेमामा सांस्कृतिक अबस्थालगायतका विषयमा पनि बहस हुने भएको छ । महोत्सबको अन्तिम दिन १२ बैशाख विहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रको बारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
गत डिसेम्बरमा हुनु पर्ने यो महोत्सब कोभिड १९ कै कारण बैशाखमा आयोजना गर्न लागिएको हो । नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् ।


नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।
नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् ।
महोत्सबका बाँकी चलचित्रहरु अफ्रिकी मुलुकबाट चयन भएका हुन् । जसमा जिम्वावेबाट गुड म्यान,थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् । यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ÷चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।
महोत्सबमा चलचित्र प्रदर्शन, अफ्रिकी खाना महोत्सब, अफ्रिकी पहिरन प्रदर्शन,नेपाली र अफ्रिकी साँस्कृतिक झाँकी प्रस्तुत हुने पनि बताईएको छ ।

Previous Post

प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

Next Post

स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा

Next Post
स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा

स्वास्थ्य सेवा ऐन बनाउने तयारीमा खजुरा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal