नेपालमा छायांकन चलिरहेको बलिउड चलचित्र ‘उचाइँ’ को नेपाल छायांकन सकिएको छ् । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसनको मुख्य भूमिका रहेको छ् भने तर अमिताभ बच्चन भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । उन्को ठाउमा डुब्लिकेट अमिताभ बच्चन को प्रयोग गरिएको थियो ।
चलचित्रमा नेपाली कलाकार परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्र ‘उचाइँ’ को बाँकीको छायांकन भारतमा हुने छ । मित्रताको कथामा निर्माण भएको चलचित्रलाई सुरज बडजात्याले निर्देशन गरेका हुन ।

>








Discussion about this post