Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र, संगीत र फेशनमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड ः तुलसी घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड

रबिन राउत by रबिन राउत
१४ आश्विन २०७८, बिहीबार २१:१६
in मनोञ्जन, समाचार
0
चलचित्र, संगीत र फेशनमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड ः तुलसी घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं १४ असोज
क्वालिटी फिल्म्सद्धारा आयोजित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा चलचित्र विधा अन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट शुशिल श्रेष्ठले र अभिनेत्रीको अवार्ड चलचित्र ड्रिम गर्लबाट आश्मा गिरीले हाँसिल गरेका छन् ।
२०७६ सालमा घोषणा भएर रोकिएको यो अवार्डमा २०७५ र ०७६ का चलचित्रले भाग लिएका थिए । काठमाडौंको जमलमा बुधबार बेलुका सम्पन्न अवार्ड समारोहमा निर्देशकको अवार्ड चलचित्र ड्रिम गर्लबाट ऋषिराज आचार्यले, नव अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट विश्वजित रिमालले र नव अभिनेता भाषाभाषी तर्फको अवार्ड गुरुङ चलचित्र ह्रोसैँ ङ्हो (आफ्नो कर्म), हास्य अभिनेताको अवार्ड चलचित्र पोई प¥यो कालेबाट गोपाल ढकाल छन्देले र चरित्र अभिनेताको अवार्ड चलचित्र जात्रै जात्राबाट प्रेम पाण्डेले हाँसिल गरे ।


यस्तै खल अभिनेता तर्फ सन २०१८को अवार्ड चलचित्र मन्दिराबाट प्रवण भुसालले र २०१९को अवार्ड चलचित्र ड्रिम गर्लबाट तुलसी प्रसाद श्रेष्ठले, सह अभिनेता तर्फ सन २०१८ को अवार्ड चलचित्र एकलभ्यबाट विकाश चापागाईंले र २०१९ को अवार्ड ररौंतोबाट धिरेन शाक्यले हासिल गरे ।
यस्तै सर्वोत्कृष्ट चलचित्र सम्पादन तर्फ सन २०१८ को अवार्ड चलचित्र चि मुसी ची भूपेन्द्र अधिकारीले र २०१९को चलचित्र सम्पादक अवार्ड चलचित्र भिलेनबाट शाहिल खानले हाँसिल गरे ।


यस्तै फिल्म तर्फ नै सर्वोत्कृष्ट कलरिष्टको अवार्ड चलचित्र यात्राबाट रेनिश फागोले, भिएफएक्स आर्टिष्टको अवार्ड चलचित्र छिरिङबाट अच्युट बजगाईंले, छायाँकारको अवार्ड चलचित्र राम कहानीबाट सौरभ लामाले, चलचित्र संगीतकारको अवार्ड चलचित्र म त मर्छुकी क्याहोको गीत ओ मेरो परानबाट राजेन्द्र बजगाईंले र प्रोडक्सन डिजाईनरको अवार्ड चलचित्र जय शम्भुबाट शँकर बस्नेतले प्राप्त गरे ।


नेपाली चलचित्र क्षेत्रमा चार दशक भन्दा लामो समय देखि योगदान पु¥याएको भन्दै चलचित्र निर्देशक कलाकरा तुलसी घिमिरेलाई १५ हजार १५ रुपैयाँ सहित सो अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्डबाट र रँग पत्रकार तुलसी गिरी भावुकलाई ११ हजार १११ रुपैयाँ सहित कला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो ।  यस्तै गीत संगीत तर्फ सर्वोत्कृष्ट देउडा गीतकारको अवार्ड हे गाजली गीतबाट डब्बु क्षत्रीेले, संगीतकारको अवार्ड हे गाजली गीतबाट राज सागरले र गायिकाको अवार्ड हे गाजली गीतबाटै सरिता भारतीले जिते


राष्ट्रिय गीतको अवार्ड जय गोर्खालीबाट नवराज जँग थापाले, आधुनिक गीत तर्फ पपुलर गायकको अवार्ड प्रताप दासले, सर्वोत्कृष्ट गायकको अवार्ड कृष्ण भट्टराईले, जुरी अवार्ड जीवन तामाङले,  सर्वोत्कृष्ट गायिकाको अवार्ड मेलिना राईले हाँसिल गरे ।  
आधुनिकमै गायिकाको जुरी अवार्ड निरन्तता नेम्वाङले, पब्लिक च्वाईस अवार्ड एन्जिला गौचनले, सर्वोत्कृष्ट संगीतकारको अवार्ड टीका बम्जनले, वर्षको पपुलर संगीतकारको अवार्ड दीपक शर्माले, जुरी अवार्ड निलम रोजु राईले र नव गायकको अवार्ड सुजन तिगेला लिम्बुले प्राप्त गरे । नव गायकको जुरी अवार्ड दीपक गुरुङले हाँसिल गरे ।


यस्तै आधुनिक विधामै सर्वोत्कृष्ट गीतकारको अवार्ड हरि उप्रेतीले , जुरी अवार्ड अमृता बान्तवा राईले र इन्करेजमेन्ट अवार्ड इक्साङ चेम्जोङ लिम्बुले प्राप्त गरे । आधुनिक गीत तर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड कुशल श्रेष्ठले, मोडल अफ द ईयरको अवार्ड अभिनेता पल शाहले र सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड पूर्णबहादुर थापा (दीपक मैथाने)ले, महिला मोडलको अवार्ड तिम्रो याद गीतको भिडियोबाट साक्षी लम्सालले, पप अुधनिक गीत महिला मोडलको अवार्ड जिन्दगी अझै गीतबाट तुलसा कटुवालले र महिला मोडल पब्लिक च्वाईस अवार्ड आस्था जोशीले, नव मोडल महिलाको अवार्ड सलिना थापाले, नव मोडल महिला इन्करेजमेन्ट अवार्ड स्मृति लिम्बुले हाँसिल गरे ।


म्युजिक भिडियो कोरियोग्राफी तर्फ आधुनिक गीत म्युजिक भिडियो नृत्य निर्देशककोअ वार्ड टिन्याङ सुरु राना गुरुङले, लोक दोहोरी तर्फ नृत्य निर्देशकको अवार्ड असारे मास गीतबाट सुवास बुढाथोकीले प्राप्त गरे ।
यस्तै लोक दोहोरी विधा तर्फ रचनाकारको अवार्ड नेत्र अर्यालले, सर्वोत्कृष्ट भाकाको अवार्ड श्रीकृष्ण बम मल्लले, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकको अवार्ड झुम्के बुलाकीबाट अलिफ खानले, गायकको जुरी अवार्ड बिक्रम परियारले, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकको अवार्ड निर्मला थापामगरले, पपुलर लोक दोहोरी गायिकको अवार्ड विमा कुमारी दुराले र लोक दोहोरी नव गायकको अवार्ड निकेश तामाङले, नव गायिकाको अवार्ड एलिना गुरुङले, लोक दोहोरी गीत सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड काजिस श्रेष्ठले, भिडियो निर्देशक जुरी अवार्ड सागर केरुङले, भिडियो नव निर्देशकको अवार्ड ललित केसीले, लोक दोहोरी भिडियो मोडल जोडीको अवार्ड शिषिर पौडेल÷सारिका केसीले, पुरुष मोडलको अवार्ड धु्रब हिमालीले, पुरुष मोडल तर्फ जुरी अवार्ड शँकर कँडेलले, महिला मोडलको अवार्ड सगुन शाहीले, सर्वोत्कृष्ट लोक गीतको अवार्ड चेपेको दोभानबाट पृथ्वी गुरुङले प्राप्त गरे ।


पप विधामा सर्वोत्कृष्ट नव गायकको अवार्ड आयो तिम्रै राजाबाट गणेश थापाले, नव गायक जुरी अवार्ड सुजन तामाङले, पप आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड मुलको पानी गीतबाट भावना आचार्यले, जुरी अवार्ड तृप्ति खड्काले हाँसिल गरे । यस्तै सर्वोत्कृष्ट बाल कलाकार (मोडल)को अवार्ड लोकेश क अ भले, इन्करेजमेन्ट अवार्ड प्रतिक पौडेलले, पब्लिक च्वाईस अवार्ड एसेप्ट तिगेला लिम्बुले पाए ।
यस्तै सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड आयो तिम्रो राजाबाट सुरेश कुमार राउतले, जुरी अवार्ड बीरेन्द्र भाट बिपिनले, सर्वोत्कृष्ट छायाँकारको अवार्ड नदिया सललबाट शम्भु चालिसेले प्राप्त गरे ।


यस्तै संगीत संयोजन तर्फ सर्वोत्कृष्ट अवार्ड बलिन थापामगरले, जुरी अवार्ड तेजेन्द्र गुरुङले, इन्करेजमेन्ट अवार्ड विशाल योन्जनले हाँसिल गरे । सोही अवार्ड समारोहमा सर्वोत्कृष्ट ध्वानी मिश्रणको अवार्ड बिस्तारै बिस्तारै गीतबाट मनोज परियारले र ध्वनी मिश्रण जुरी अवार्ड मानबहादुर बरालले हाँसिल गरे ।
समारोहमा पूर्वेली लोक जुहारी गीतको अवार्ड गायिका तर्फ हिमाल राम्रो गीतबाट झुमी लिम्बुले र गायकको अवार्ड सुसन लिम्बुले, यही विधामा डायस्पोरा अवार्ड अभय ढुँगेल र राज शुक्र लिम्बुले प्राप्त गरे ।
भेग विशेष गीत तर्फ सर्वोत्कृष्ट गुरुङ गीत गायकको अवार्ड ङोल्स्यो कोपिलाबाट तेजेन्द्र गुरुङले, गायिकाको अवार्ड छनु गुरुङले, कौडा गीत गायकको अवार्ड चिजकुमार गुरुङले, कौडा गीत गायक जुरी अवार्ड अम्बर तुम्बापाले, कौडा गीत गायिकाको अवार्ड तारा शिरिष मगरले, कौडा गीत गायिकाको अवार्ड तारा शिरिष मगरले, पर्व गीत गीतकारको अवार्ड जीतस सागर रावतले, पर्व गीत गायकको अवार्ड बाटुली गीतबाट ज्ञानेन्द्र शाहीले, पर्वगीत गायक जुरी अवार्ड मानसिंह खड्काले, जुरी अवार्ड योगेश पानले, मोडल पुरुष तर्फको अवार्ड आनन्द गुरुङ र मोडल पुरुष जुरी अवार्ड दीपेन्द्र गुरुङले, भेग विशेष गीत संगीतकारको अवार्ड जुनी सरी गीतबाट गणेश गुरुङले, जुरी अवार्ड दयाराम गुरुङले, तामाङ गीत सर्वोत्कृष्ट गायकको अवार्ड धिरज गोलले, मौलिक सेलो गीत गायकको अवार्ड पर्से तामाङले प्राप्त गरे ।
यस्तै डायस्पोरा तर्फ जीत गीत गायिकाको अवार्ड कल्पना देवकोटाले, लोक गायकको अवार्ड बिरही कार्कीले, लोक भाकाको अवार्ड डा. शिब सुवेदीले, भिडियो निर्देशकको अवार्ड शान्ता कुमार राईले, चरित्र अभिनेताको अवार्ड मनिष श्रेष्ठले, मोडल पुरुषको अवार्ड सन्तोष राईले, नव गीतकार आधुनिक तर्फको अवार्ड पूर्ण बहादुर थापा (दीपक मैथाने)ले, तीज गीत भाका सँकलकको डायस्पोरा अवार्ड लक्ष्मण पौडेलले, तीज गीत गीतकारको अवार्ड ज्योती गुरुङले, लोक जुहारी गीतकारको अवार्ड सुजन सीरेङ चोम्वाङले, आधुनिक गीतकारको अवार्ड अमृता वान्तवा राईले, लोक गीत मोडल पुरुषको अवार्ड मिनबहादुर तामाङले र डायस्पोराकै तीज गीत गायकको अवार्ड जीवन तामाङले हाँसिल गरे ।
सोही कार्यक्रममा फेशन तर्फको अवार्ड पनि प्रदान गरिएको थियो । जसमा बेस्ट पेजेन्ट कोरियोग्राफर अफ द इयरको अवार्ड अश्विनी कान्त झाले, बेस्ट इभेन्ट म्यानेजरको अवार्ड बालकृष्ण पोखरेलले, बेस्ट ब्युटी पेजेन्ट मोडलको अवार्ड मोडल सनी लिम्बुले, पेजेन्ट डिरेक्टर अफ दि इयर महिलाको अवार्ड प्रतिमा कार्कीले, फेसन डिजाईनर अफ दि ईयरको अवार्ड ममता गुप्ता दारुकाले र बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर पुरुषको अवार्ड निशु कान्त झाले  प्राप्त गरे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतका अतिथिले कार्यक्रममा अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, संगीतकार कस्तुप पन्त, डिका गुरुङ, गीतकार ज्ञानबहादुर लामा, शिवराज पौडेल, नारायण कँडेल, नारायण शर्मा, दयराम घिमिरे, चलचित्र पत्रकार विष्णु सुवेदी लगायत सम्बन्धित विधाबाट सम्मानित भएका थिए ।
कोरोनाका कारण सुस्ताएको नेपाली गीत संगीत चलचित्र तथा फेशन बजारलाई चलायमान बनाउन र कलाकार प्राविधिकलाई प्रोत्साहन गर्न आफुहरुले यो अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरेको क्वालिटी फिम्स्का अध्यक्ष उमेश गुरुङले कार्यक्रममा बताए ।

Previous Post

निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको 'माया गर्नलाई’ सार्वजनिक

Next Post

प्रिती आले र पवन रानाको आलु जस्तो केटी सार्वजनिक

Next Post
प्रिती आले र पवन रानाको आलु जस्तो केटी सार्वजनिक

प्रिती आले र पवन रानाको आलु जस्तो केटी सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal