Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्मप्रति दर्शकको उच्च उत्साह  

Nepalok by Nepalok
१६ माघ २०८०, मंगलवार १८:११
in भिडियो, मनोञ्जन
0
गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्मप्रति दर्शकको उच्च उत्साह  
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं १६ माघ
यही ११ फागुनबाट नेपालमा रिलिज हुने एतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको ट्रेलर अहिले निकै हिट छ । मिलन चाम्सद्धारा निर्देशित यो चलचित्रको ट्रेलरलाई अहिले धेरैले आफ्नो च्यानलबाट समेत समेत शेयर गरेका छन् ।
११ माघमा ओएसआर डिजिटलबाट रिलिज भएको गोर्खा वारियरको नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ । ओएसआर डिजिटलबाट रिलिज भएको पाँच दिनमा यो फिल्मको ट्रेलरले ४ लाख ५० हजार भन्दा बढी भ्युज पाएको छ । यो ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् । यो एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराईबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै यो अवधिमा एक हजार तीन सय भन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । सबै कमेन्टहरु सकरात्मक छन् । ट्रेलर हेरेपछि यो चलचित्र सिनेमा हलमा हर्न आफुहरु निकै उत्साहित भएको कुरा ट्रेलरको कमेन्टमा उल्लेख गरिएको छ,‘नेपाली चलचित्रको इतिहाँसमै हलिउड शैलीको ट्रेलर हेर्न पाउँदा साह्रै खुसी लागेको छ । यो फिल्म हलमा हेर्न म आतुर छु ।’ धेरेले यस्तो प्रतिक्रिया दिएका छन् ।


यस्तै काठमाडौंको वान सिनेमाले पनि यो चलिचत्रको ट्रेलरलाई आफ्नो साईटमा राखेको छ । सो साईटमा पनि गोर्खा वारियरको ट्रेलरले करिब तीन लाख भ्युज पाएको छ । २२ हजार लाईकसँगै दर्शकले गरेको पाँचसय भन्दा बढी दर्शकको पूर्ण सकरात्मक प्रतिक्रिया यसमा आएको छ । यो सहित विभिन्न एक दर्जन भन्दा बढी सिनेमा हल र अन्य च्यानलमा गोर्खा वारियरको ट्रेलर राखिएको छ । सबै ट्रेलरमा पूर्ण प्रसँसायुक्त प्रतिक्रिया रहेको छ ।
यो चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अभियनमा बेलायतबाट डिप्लोमा गरेका यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।
गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।


गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ । यसको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।
गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
चलचित्र गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो । नेपालमा यो चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

Previous Post

चलचित्र 'जिग्री' को टिजर सार्वजनिक, लुट स्टार पाण्डे देखी पशुपति राईसम्म 

Next Post

प्रमोद खरेलको नयाँ गीत 'मनमा पर्‍यो चोट' सार्वजनिक (भिडियो)

Next Post
प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडियो)

प्रमोद खरेलको नयाँ गीत 'मनमा पर्‍यो चोट' सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal