अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको हो ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया कटुवालले उजुरी दिएकी थिइन् । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि नआएपछी पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हो ।

>









Discussion about this post