Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल,उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित

रबिन राउत by रबिन राउत
१५ जेष्ठ २०७९, आईतवार २२:०८
in मनोञ्जन
0
सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल,उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १५ जेठ
आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् ।यो महोत्सब मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सब उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडी परेको महादेशबाट बिगत १० वर्षदेखि फिल्म सँकलन गरेर नेपालमा यो महोत्सब आयोजना गर्नु आफैंमा सराहनीय कार्य हो ।’ बिदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकाश बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा बिदेशी चलचित्रको प्रवर्धनलाई मद्धत पुगेको पनि अध्यक्ष दाहालले बताए ।
आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब सँयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सब गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।


यस्तै प्रतिनिधि सभाकी साँसद मन जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको सँस्कृति अदान प्रदानको लागि यो महोत्सब निकै उपयोगी हुने गरेको बताईन् । यस्ता महोत्सबलाई सघाउन आफुले सँसदमा आबाज उठाउने उनले प्रतिवद्धता जनाईन् ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले नीजि स्तरबाट भएका यस्ता अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सबलाई राज्यले सहयोग गर्नु पर्ने जिकिर गरे । फरक शैलीका कलात्मक चलचित्र यस्ता महोत्सबमा प्रदर्शन गरिने भएकाले यो महोत्सब आफुहरुका लागि निकै महत्वपूर्ण हुन गरेको पनि अध्यक्ष खड्काले बताए ।
नेपाल चलचित्र निर्देशक समाजका महासचिब जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सब बृद्ध हुँदै गएको खुसी व्यक्त गरे । यस्तो महोत्सब बृद्धि हुनुमा नेपाल अफ्रिका फिल्म फेस्टिबलको उत्तिकै योगदान रहेको उनीहरुले बताए ।
कार्यक्रममा पत्रकार जिवन पराजुलीले महोत्सबमा चयन भएका चलचित्रबारे चर्चा गरे । यस्तै अभिनेता धिरेन शाक्यले महोत्सबमा निकै राम्रा र फरक सिनेमा आएको बताए ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सबमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।


नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो । समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए । यस्तै, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्यण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए ।
सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए । यसै गरी ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९ बाट सम्मानित भए ।
महोत्सबको निर्णायकहरुमा सँगीतकार जुगल डँगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।
महोत्सबमा आईतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आईतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाईयो । यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाईम पनि प्रदर्शन गरियो । महोत्सबमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सब अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

Previous Post

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

Next Post

नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा

Next Post
नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा

नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal