यही कात्तिक १४ गते बाट प्रदर्शन मा आउन लागेको चलचित्र ‘परान’ को ‘ओइ भन्दानी बोलेन’ बोलको गीत सार्वजनिक भएको छ।
सावर्जनिक गीत मा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि .क आवाज रहेको छ । गीतमा शब्द निर्देशक आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजनको काम रिदम कंडेलले गरेका छन्। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईली लगायतका कलाकारहरू फिचर्ड छन ।
चलचित्र ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ राखिएको छ । यम थापाको पटकथा तथा संवाद रहेको चलचित्रमा कथा निर्देशक दीपक आचार्यकै रहेको छ ।

>









Discussion about this post