Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक, साथमा गीति संग्रह पनि प्रकाशन

रबिन राउत by रबिन राउत
१२ भाद्र २०७७, शुक्रबार १२:२२
in भिडियो, मनोञ्जन
0
वामदेव गौतमद्धारा रचित गीत “यो बुद्ध भूमि” सार्वजनिक, साथमा गीति संग्रह पनि प्रकाशन
33
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रवादी नेताका रुपमा परिचित छन् । पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका वामदेव गौतम नेकपाका बरिष्ठ उपाध्यक्ष समेत हुन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनको अहिलेसम्म दर्जनौ गीतहरु सार्वजनिक भएका छन् ।


शुक्रवार गौतमद्धारा रचित गरिएको गीत यो बुद्ध भूमिको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ । राजनीतिक व्यक्तित्वहरु पनि कलामा रुची राख्दछन् भन्ने विश्वास बढ्दै गईरहेको छ । यसैको अर्को उदाहरण हो वामदेव गौतम ।


सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
गैतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् ।

गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ । विशेष त गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । त्यस लगायत कला साँस्कृतिक, सामाजिक र आर्थिक उन्नतीका लागि पनि रचित गरिएको छ । राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवाटमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । जसको लागि साहित्यकार मोदनाथ प्रश्रित निर्णायक समितिमा रहेका थिए । उक्त प्रतिष्पर्धाको लागि गौतमले पनि “प्राण प्यारो देश नेपाल” बोलको गीत लेखेर पठाएका थिए । तर, उक्त गीत छनौटमा भने परेन । त्यहिँबेलादेखि गौतमको गीति यात्रा शुरु भएको थियो । विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन् । उनले सानै बेलादेखिको रुचीलाई अहिले राजनीतिसँगै अघि बढाईरहेको पनि बताएका छन् ।

गौतमले गीतियात्राको वारेमा आफ्नो केही भनाईहरु राखेका छन् ।
छन्द कविता र गीति लेखन– यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचीका थिए । विद्यालय जीवनदेखि नै कविताप्रति मेरो विशेष रुची र प्रयास रहँदै आयो । विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो । तर, त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन । ०४६ सालमा हासिल भएको प्रजातान्त्रिक उपलब्धीपछि हामी संसदीय अभ्याससहित राजनीतिक यात्रामा तल्लिन रह्यौँ । यसक्रममा राष्ट्र, राष्ट्रियता र जनजीविकाका अनेकन सवालमा हामीले पार्टी नीतिको अधिनमा रहेर भरमग्दुर भूमिका निर्वाह ग¥यौं । तर, २०५८ सालमा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्थ गरे । यसपछि हामी राजाबाट भएको प्रतिगमनविरोधी आन्दोलनमा जुट्यौँ ।


जनआन्दोलन २०६२÷०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल ग¥यौँ । वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्तृतिमा आधातिर भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो । तर, परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गानको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो । यो सन्दर्भमा मभित्र रहेको काव्य चेत वा गीति चेत प्रष्फुटन गर्ने मौका मिल्यो । मैले उक्त प्रतिष्पर्धामा भाग लिएँ । नेपाली साहित्यका धरोहरका रुपमा समेत सुपरिचित आदरणीय क.मोदनाथ प्रश्रित उक्त प्रतिष्पर्धाको छनौट समितिमा हुनुुहुन्थ्यो ।
मैले ‘प्राण प्यारो देश नेपाल’ शीर्षकमा गीत लेखेर पठाएँ । उत्तमm गीत उत्कृष्ट सातभित्र पनि परेन । तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो । यसै सन्दर्भमा ‘मेरो गीति यात्रा’ नाममा एउटा सानो पुस्तिका पनि प्रकाशित भएको छ । त्यसमा ४३ गीत संकलित छन्

।

Previous Post

दिलिप रायमाझी फिचर्ड 'नेपाली म हुन सकु' सार्वजनिक ( भिडियो )

Next Post

गायिका पुर्णकला विसीको आवाजमा "पैसाको अभाव" (भिडियो सहित)

Next Post
गायिका पुर्णकला विसीको आवाजमा “पैसाको अभाव” (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा "पैसाको अभाव" (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal