साउदी अरेबियाको रियादमा २७ अगस्ट २०२१ दिन सिर्जना साँस्कृतिक समूह द्वारा रिहर्सल कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ् ।
कोरोना महामारीलाई मध्यनजर गर्दै केही सिमीत कलाकार र अतिथिको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष अमृत पौडेलको सभापतित्वमा रहेको थियो भने प्रमुख अतिथि जितेन्द्र थपलिया, बिशेष अतिथि दिपक रेग्मी, अमर सापकोटा, खेम राज भट्ट, सन्जोग पाण्डे, रोहित भुसाल, अमृत घिसिङ, कमल शाही निर्मल, सुजन घिमिरे रहेका थिए भने अतिथिम बिभिन्न सामाजिक व्यक्तित्वहरू तथा र संस्थाका बिभिन्न पदाधिकारी, कलाकार, मिडीयाकर्मीको उपस्थित रहेको थियो । कार्यक्रममा बिभिन्न बिधामा कलासंगै क्षमता भएका कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो।

साउदीमा कार्यरत रहँदा आफ्नो कलालाई सबै माझ पुर्याउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम भने संस्थाका महासचिव निर बहादुर सुनुवारले संचालन गरेका थिए । संस्थागत बिधी बिधान र संरक्षणबारे संस्थाका अध्यक्ष अमृत पौडेल, संरक्षक बिज्ञान राई तथा कलाकार संयोजक नगेश तामाङले संक्षिप्त परिचय दिएका थिए । बीच बीचमा कार्यक्रम संचालन गदै गर्दा सहयोगी दाताहरुको समेत आर्थिक भौतिक नैतिक सहयोग गर्नेको बाक्लो उपस्थिती रहेको थियो भने आर्थिक कारोबार नेतृत्व संस्थाका कोषाध्यक्ष मनिष थापाले गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाका अध्यक्ष पौडेलले धन्यवाद दिदै आगामी दिनमा समुहलाई थप नयाँ तरिकाले कार्यक्रम संचालन गर्ने र साउदी अरेविया भरि रहेका नवनियुक्त कलाकारलाई सिर्जना साँस्कृतिक समूहमा जोड्दै जाने जानकारी समेत दिएका छन। समुहका पदाधिकारीहरूले साउदीमा कर्मथलोसगै आफुसंग भएका कलालाई निर्खादै सबै माझ परिचित गराउन चाहाने कोही पनि कलाकारले समुहमा सम्पर्क गरि आवद्ध हुन र क्षमताको आधारमा कलालाई सम्मान गदै सम्बन्धी निकाय सम्म पुर्याएर उज्जल भबिष्यको समेत कामना गर्ने जानकारी दिएका छन ।
यो समुह २०११ स्थापना भई धेरै कलमबाट दबिएर बसेका नेपालीको कलालाई बाहिर ल्याउने काम गरेको छ भने साउदीमा रहेका दुतावास, बिभिन्न संघसंस्थाका तथा सामाजिक व्यक्तित्वहरू संग समन्वय गरि सामाजिक कार्य समेत गदै आएको छ ।

>









Discussion about this post