युवा पुस्ता माझ चर्चित डान्सर तथा नेपाल र भारतमा लाखौ फ्यान भएका सुशान्त खत्री हिमालय रोडिज सिजन-५ मा देखिने भएका छन । रोडिज टिमले उनी प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका हुन् या होइनन् भन्नेबारे खुलाइएको छैन ।
हालै सुशान्तलाई भिडियोमा प्रस्तुत गर्दै रोडिजले टिजर सार्वजनिक गरेको जहाँ सुशान्त खत्री र् रोडिजका निर्देशक सिमोस सुनुवारलाई एकसाथ देख्न सकिन्छ ।
रोडिजले लेखेको छ, ‘उत्साहपूर्ण समाचार, सुपरस्टार डान्सर सुशान्त खत्री हिमालय रोडिजसँग जोडिएका छन् । के उनले प्रतिस्पर्धीको रुपमा भाग लिन लागेका हुन् । पक्कै पनि यसको उत्तरले तपाईंलाई चकित तुल्याउने छ ।’
हिमालय रोडिजको पाँचौं सिजनको प्रसारण साउन १५ गतेदेखि हुने जनाइएको छ ।
केही समय अघिमात्र खत्रीले मध्यरातमा फेसबुक लाइभ आई आफू करिब एक वर्षदेखि डिप्रेसनको शिकार भएको खुलाएका थिए । लाइभमै उनले औषधिको पत्ता देखाउँदै आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने संकेत समेत गरेका थिए । ६ महिनादेखि आफूलाई निकै गाह्रो भएको बताउँदै उनले हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए ।

>









Discussion about this post