सर्बाधिक सफल सिरिजको चौथो भाग ‘कबड्डी : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ् । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड छन । ‘कबड्डी ४’ यही जेठ् १३ गते बाट प्रदर्शनमा आउँदै छ् । चलचित्रमा दयाहाङ राई ,सौगात मल्ल र मिरुना मगर सगै बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ् । चलचित्रमा गौमाया गुरुङ पनि छीन । ट्रेलर उन्को स्थान थोरै मात्र छ् ।
यसपाली काजीको विहे हुन्छ हुँदैन त्यो त् चलचित्र हालमा पुगे पछी थाहा हुनेनै छ । रामबाबु को निर्देशन तयार भएको चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण रहेको छ् ।
कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
अहिले ‘कबड्डी : द फाइनल म्याच’ को केसरी बोलको गीत सर्बधिक चर्चामा रहेको छ् । सामाजिक सन्जालहरुमा केसरीबोल गीतको टिक्टक र् रिल्सहरु हेर्न पाईन्छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा स्वर र राम अविरल बिष्टको शब्द रचाना रहेको छ । अहिले सम्म गीतलाई ६१ लाख भन्दा पटक बढी हेरी सकिएको छ् ।

>









Discussion about this post