विपिन कार्की,सौगात मल्ल, प्रवीण खतिवडा,र सृष्टि श्रेष्ठको अभिनय रहेको ‘दि रेड सुटकेस’ प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ ।
यस अघी भेनिस फिल्म फेस्टिभलमा मीन भामको छोटो फिल्म ‘बाँसुल्ली’, पूजा गुरुङ र विभूषण बस्नेतको छोटो फिल्म ‘दाद्या’, दीपक रौनियार निर्देशित कथानक फिल्म ‘सेतो सूर्य’ पनि छनोट भइसकेका छन् । भामको ‘कालोपोथी : ब्ल्याक हेन’ले भेनिसको क्रिटिक्स विकमा पुरस्कार नै जितेको थियो ।

‘दि रेड सुटकेस’ले वैदेशिक रोजगारीको कथा पेश गर्छ । कतारबाट ल्याइएको रातो सुटकेसलाई लिएर हिंडेको पिकअप ट्रकबाट फिल्मको कथा सुरु हुन्छ । त्यही समयमा अर्का प्रवासी कामदार रातो सुटकेस लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कन्छन् ।
नेपाल र श्रीलंकाको संयुक्त लगानीमा बनेको फिल्म ‘दि रेड सुटकेस’ ८० औं संस्करणको सूचीमा परेको हो ।

>









Discussion about this post