अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘गुलाबी : एक रङ’ फस्ट लुक्स सार्वजनिक भएको छ् । यो सँगै प्रदर्शन मिती पनि सार्वजनिक भएको छ् अब चलचित्र वैशाख १५ गते प्रदर्शनमा आउने छ् । चलचित्रमा नाजिर सँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।

चलचित्र ‘गुलाबी : एक रङ’ लाई समुन्द्र भट्टले निर्देशन गरेका हुन भने द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।
पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरअनुसार चलचित्रका प्रमुख पात्र बनेका नाजिरको पात्र नाम गुलाबी राखिएको छ ।

>









Discussion about this post