Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी

रबिन राउत by रबिन राउत
९ भाद्र २०७८, बुधबार २२:३६
in प्रवास, मनोञ्जन
0
इनास अमेरिकाको केन्द्रिय अध्यक्षमा कन्हैया सिंह परियार बिजयी
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

भर्जिनियाँ, ९ भदौ
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको (इनास अमेरिका)को केन्द्रिय अध्यक्षमा गायक तथा संगीतकार कन्हैया सिंह परियार  सर्वसम्मतले चयन भएका छन् । इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत संस्था हो ।
अमेरिका भरी रहेको नेपाली कलाकारहरुको तेश्रो अधिवेशनले गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई इनास अमेरिकाको अध्यक्ष पदमा चयन गरेको हो । इनास अमेरिकाको तेश्रो अधिवेशन भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनमा करीब ढेड सय नेपाली कलाकारहरुको सहभागिता थिए । सोही अधिवेशनले परियारलाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले संगीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अमेरिकाको केन्द्रिय कार्य समितिमा कन्हैया सिंह परियारको अध्यक्षतामा १७ सदस्य कार्य समिति गठन भएको छ ।
इनास अमेरिकाको बरिष्ट उपाध्यक्षमा गोपाल नेपाल फिस्टे, उपाध्यषमा अँकुश नेपाल,  रिता श्रेष्ठ, महासचिबमा रमेश मैनाली, सचिबमा सन्त पोखरेल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यषमा गीता रेग्मी चयन भएका छन् । यस्तै केन्द्रिय सदस्यहरुमा दीपा अधिकारी, अमिता लामा, भरत बराईली, अनिल तिमिल्सिना, सुगन्ध श्रेष्ठ, नविन केसी, निशेष भट्टराई, प्रकाश नेपाल, उज्वल सिंह ठकुरी चयन भएका छन् ।
सो अधिवेशनबाट यसैगरी इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अधक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ । उता मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ ।
इनास अमेरिका पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ । त्यसैगरी केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ ।
समारोहमा नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएर जिम्मेवारी सुम्पिइएको थियो । उक्त कार्यक्रम इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहेका थिए ।
समारोहमा उनीहरु सहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु क्षत्री, गायक वसन्त खड्का लगायतले यो कार्यसमितिलाई शुभकामना दिए ।
सो अधिवेशनमा इनास अमेरिकाले साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका–२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नग्मा गुरुङ, सामाजिक अभियन्ता सुवोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाईसम्मान गरेको थियो । 

Previous Post

युट्युबबाट लोकप्रिय हुदै रानीको 'बुझेनन् कसैले ' ( भिडियो )

Next Post

फेरी ७ वटा थप्दै ५९विश्व रेकर्ड पुर्याए डा. डि.आर. उपाध्यायले

Next Post
फेरी ७ वटा थप्दै ५९विश्व रेकर्ड पुर्याए डा. डि.आर. उपाध्यायले

फेरी ७ वटा थप्दै ५९विश्व रेकर्ड पुर्याए डा. डि.आर. उपाध्यायले

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal