...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ मा रोमान्टिक पुष्प र श्रद्धा

रबिन राउत by रबिन राउत
June 25, 2022
in भिडियो, मनोञ्जन
0
‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ मा रोमान्टिक पुष्प र श्रद्धा
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं÷ १० असार ।
चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियोग्राफी रहेको गीत राजधानीको बिश्वज्योति हलमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । कार्यक्रममा अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहीनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर..’ पनि दर्शकले अधिक मन पराउने बिश्वास ब्यक्त गरे । ‘फिल्म तथा गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याइ गरेका छैनौ,’ उनले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरि काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सीएको छु ।’ उनले चलचित्रमा आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।


त्यसैगरी, यो नै आफ्नो प्रदर्शन हुन लागेको डेब्यु चलचित्र भएकाले आफू निकै उत्साहीत रहेको अभिनेत्री श्रद्धाले बताइन् । उनले ‘कृष्ण–लीला’ को अघिल्ला गीतले दर्शकको मन जितिसकेकाले यो गीतले पनि माया पाउने बिश्वास ब्यक्त गरिन् । उनले आफू अभिनयमै करिअर बनाउने योजनाका साथ आएकाले ‘कृष्ण–लीला’ हेरेर आफ्नो कामको प्रतिक्रिया दिनुहुन सबैमा अनुरोध गरिन् ।
कार्यक्रममा बरिष्ट चलचित्र निर्देशक नरेश पौड्याल,निर्देशक तथा संचारकर्मी दिनेश डिसी,चलचित्र बितरक तथा निर्माता गोपालकाजी कायस्थ तथा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले ‘ए मेरो हजुर..’ निकै सुन्दर लागेको प्रतिक्रिया दिदै ‘कृष्ण–लीला’ लाई सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनीहरुले ‘कृष्ण–लीला’ दर्शकले खोजीरहेको चलचित्रमा पर्ने बिश्वास ब्यक्त गरे ।
प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ ‘कृष्ण–लीला’ निर्माण गरेको स्मरण गर्दै आफूहरु अब चलचित्र निर्माणमा निरन्तर लाग्ने बताए । ‘हामी फिल्म बितरणका साथै निर्माणमा पनि लागीसकेका छौ । ‘कृष्ण–लीला’ हाम्रो पहिलो प्रयास हो,’ उनले भने,‘मनोरञ्जक फिल्म बनाउन कुनै कसर बाँकी राखेका छैनौ । त्यसकारण दर्शकको साथ र हौसला पाउनेमा बिश्वस्त छु ।’ चलचित्रका निर्माता केवल तामाङ र प्रकाशराज कार्कीले पनि ‘कृष्ण–लीला’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।


कोरोयोग्राफर माइकलले ‘ए मेरो हजुर..’ निकै सुन्दर बनेकाले दर्शकको मनमा बस्ने ठोकुवा गरे भने संगीतकार बाबुल,गायक रबि र गायिका सुनीताले त प्रत्यक्ष गीत गाएरै सुनाए । उनीहरुले गीत गाउदा माहौल झुमेको थियो । संगीतकार बाबुलले गीतझै भिडियो पनि सुन्दर बनेकोमा खुशी ब्यक्त गरे । गायक रबि र गायिका सुनीताले पाश्र्व गायनमा आफूहरुलाई यो गीतले निकै हौसला प्रदान गरेको बताए ।
निर्देशक वलीले आफूले मनोरञ्जनक चलचित्र निर्माण गरेको बताए । उनले ‘कृष्ण लीला’ को यसअघिको ‘त्यो कथामा एउटा राजा एउटी रानी..’ र ‘डिएर बन्न मन छ मलाई..’ श्रोता दर्शकले अत्याधिक मन पराएकोमा धन्यवाद ब्यक्त गर्दै चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने चलचित्रमा पुष्प,श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी, आयुषा क्षेत्री,हिउँवाला गौतम तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको चलचित्र शिब ढकालले खिचेका हुन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । लक्ष्मण सुवेदीको लेखन,अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।


रंगपत्रकार, निर्देशक,निर्माता तथा स्क्रिप्ट राइटर लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालगायतका थुप्रै संचारकर्मी, हल संचालकहरु गोपाल कायस्थ,मदनमान बज्राचार्य,छिरिङ लामा,निर्देशक प्रदिप श्रेष्ठ र नवल नेपाल,निर्मात्री पुनम गौतम र शर्मीला पाण्डे तथा अभिनेता भोलाराज सापकोटा,प्रकाश शाहलगायतका कलाकर्मी उपस्थित थिए । ‘ए मेरो हजुर..’ युट्युब च्यानल डिआर म्युजीक एण्ड क्रिएसन्समार्फत दर्शकमाझ ल्याइएको छ ।

Previous Post

राजेश पायलको स्वर, अम्बरको संगीतमा ‘खुशीका मुहान’ सार्वजनिक ( भिडियो )

Next Post

गायक अर्जुन पन्तको स्वरमा मौलिक रत्यौली गीत ‘बुहारी ’ सार्वजनिक

Next Post
गायक अर्जुन पन्तको स्वरमा मौलिक रत्यौली गीत ‘बुहारी ’ सार्वजनिक

गायक अर्जुन पन्तको स्वरमा मौलिक रत्यौली गीत ‘बुहारी ’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal