Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो असर

रबिन राउत by रबिन राउत
८ पुष २०७६, मंगलवार ११:०४
in समाचार
0
बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो  असर
27
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,  यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुने, बिहान १०:०१ मा मध्य हुने र ११:३१ मा समाप्त हुने उनले बतए। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८:४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए। ग्रहणका बेलामा खानपिनलगायत महत्त्वपूर्ण काम निषेध गरिएको छ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ।

यसपालिको ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि राम्रो छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिन्छ। रासस

Previous Post

तपाईको एक शेयरले कसैको जीवन बचाउन सक्छ ! मेरो श्रीमतीलाई बचाई दिनुहोस म छोरा छोरीलाई टुहुरो बनाउदीन भन्दै रुदै मिडियामा आए (मार्मिक भिडियो सहित)

Next Post

Dxn नेपाली समुह Dammam ले अङ्ग्रेजी नयाँ बर्षा मनाउने २७ तारिक शुक्रबार (भिडियो सहित)

Next Post
Dxn नेपाली समुह Dammam ले अङ्ग्रेजी नयाँ बर्षा मनाउने २७ तारिक शुक्रबार (भिडियो सहित)

Dxn नेपाली समुह Dammam ले अङ्ग्रेजी नयाँ बर्षा मनाउने २७ तारिक शुक्रबार (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal