धरानको सांगेतिक समूह आउट साईडर्स नेपालले हिजो धरानमा एक कार्यक्रम गरी आफ्नो दोस्रो एल्बम चित्रको अफिसियल गीत माईलाको म्युजिक भिडियो सार्वजनिक गरेको छ । १५ बर्ष देखी संगीतमा होमिएको यस समुहले पहिलो एल्बम माईली सार्वजनिक गरेको थियो। पहिलो एल्बम बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भए पनी हाल समुहमा नया सदस्यहरु संगको सहकार्य न्यु लाइन अप गरेर दोस्रो एल्बमको तयारी गर्दै पहिलो सिंगल ट्राक माईला रिलिज गरेको छ । आउट साइडर्स नेपालले अब उसो फ्रन्टलाईनरको रुपमा फिमेल भोईस समिता लिम्बु ड्रमर प्रज्ञान राई र किबोर्डिस निमा तामाङको साथ मा बेस गीटार मनु राई,लीड गीटारमा सुमन प्रधानले नै सम्हाल्दै आउट साइडर्सले आफ्नो प्रस्तुती दिदै आएको समेत जानकारी गराएको थियो । सर्वादिक चर्चा कमाएको गीत माईली को सिक्वेलको रुपमा गीत माईला बनिएको समुहले जनाएको छ ! भिडियोमा धरान धनकुटा लगायतका सुन्दर स्थानहरुमा छायांकन गरिएको छ । यसै गीत बाट अभिनयमा डेब्यु रगेका प्रसन राई र नेहा राईको अभिनयलाई अभिषेक सुबेदी ले निर्देशन गरेकाछन । भिडियोलाई पुर्वान्चल रक्सले प्रस्तुत गरेको छ भने, मिडिया पोर्टले निर्माण गरेको छ ! भिडियोलाई पुर्वान्चल रक्सको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

>








Discussion about this post