अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र नेटफ्लिक्सको सहकार्यमा निर्माण हुन लागेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही तेन्जिङ नोर्गेको जीवनीमा बन्ने फिल्मका लागि कलाकारको खोजी गरेको छ् ।
लिड रोलका लागि २५ देखि ४० वर्ष उमेर समुहका तिब्बत, शेर्पा र नेपालीले अडिसनका लागि आवेदन दिन सक्नेछन् । अष्ट्रेलियाको प्रख्यात कास्टिङ कल कम्पनी डेनीलङले तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसन आह्वान गरेको हो । पहिलो चरण निर्माण टिमले मुख्य पात्रको खोजी गरेको हो । कम्पनीको बेवसाइटमा गएर अथवा यो लिंक
https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सकिने छ् ।
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

>









Discussion about this post