‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन शुक्रबार ओखलढुंगाको रुम्जाटारमा सुरु भएको छ । छायांकन सेटबाट केही तस्बिरहरु सार्वजनिक भएका छन जहाँ चलचित्रका निर्देशक रामबाबु गुरुङ अभिनेता बुद्धि तामाङ, अभिनेत्री आँचल शर्मा लगायतलाई देख्न सकिन्छ ।

दयाहाङ राईले भने सोमबारदेखि छायांकनमा सहभागी हुनेछन । दयाहाङकै चर्चित नाटक ‘डिग्री माइला’मा यो फिल्म आधारित हुनेछ । मण्डला थिएटरले तीन पटक मञ्चन गरिसकेको उक्त नाटकलाई निकै रुचाइएको थियो ।२०८१ वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् ।

जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।
आगामी वर्ष ‘कबड्डी ५’ निर्माण गर्नुअघि निर्देशक गुरुङ ‘डिग्री माइला’को काममा लागेका हुन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘जारी’ ब्लकबस्टर भएको थियो ।


>









Discussion about this post