आउदो दशै बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक भएको छ् । टिजरमा चलचित्रका मुख्य पात्र भष्मे डन यानिकी विपिन कार्की फिचर्ड छन । उनी सुनै सुनको दात राखेर दर्शकमाझ प्रस्तुत भएका छन् । पशुपति क्षेत्रमा रहँदै आएका पशुपति प्रसादको निधनपछि आफ्नो अस्तित्व स्थापित गर्नका लागि संघर्ष गरिरहेका ‘भष्मे डन’माथि यो चलचित्र तयार भएको छ ।
दीपेन्द्र के खनालको निर्देशन तथा खगेन्द्र लामिछानेको लेखन मा तयार भएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ ।

>








Discussion about this post