५ साउन। इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा ५८ प्रदेश १ मा मंगलबार ६३५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २ हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुासर मोरङका २५७, झापाका १७२, सुनसरीका १५८, तेह्रथुमका ९, इलाम र धनकुटाका ७–७, उदयपुरका ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरका २–२, ताप्लेजुङका १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।संक्रमितमध्ये सुनसरीको धरानका ७१, इटहरीका ५८, रामधुनी र बराहक्षेत्रका ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।मंगलबार थपिएकासहित प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७९ हजार १९० पुगेको छ । संक्रमितमध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थप ३०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको मन्त्रालयले जनाएको छ ।

>








Discussion about this post