Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फिल्म फेस्टिवलको प्रदर्शन पछी ,खोक्पा र बाध्यता’ का टिमलाई प्रमाणपत्र बितरण

Nepalok by Nepalok
९ असार २०८१, शनिबार १९:३४
in प्रदेश नं १, मनोञ्जन, समाचार
0
फिल्म फेस्टिवलको प्रदर्शन पछी ,खोक्पा र बाध्यता’ का टिमलाई प्रमाणपत्र बितरण
2
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटा लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन , लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्‍यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कार सँग जोडीएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो , केही समय अघी कोशी प्रधेश सरकारले आयोजना गरेको ‘चलचित्र महोत्सव’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ ।

लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नु लाई खोक्पा भनिन्छ । लिम्बुहरुको बिहेमा केटा तर्फबाट बुझाईने रित अन्तर्गत सुगुरको सिङै शरीर सहित बुझाईने प्रचलनमा आधारित रहेर निर्माण गरिएको खोक्पाले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी निर्माण टिमले शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरी सम्पूर्ण कलाकारहरु र प्राविधिकहरुलाई प्रमाण पत्र प्रदान गरेको छ । मिना हुक्पा चोङ्बाङले निर्माण गरेको ‘खोक्पा’ मा प्रकाश लिम्बु को लेखन तथा निर्देशन रहेको छ । प्रेम सुब्बा, नबिन मेन्यङ्बो, मिना हुक्पा चोङ्वाङ (यक्सो) बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु , यम सुब्बा, हिमाल लेचर्बो, तिर्थ मदेम्बा, नबिन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामङ मकर बहादुर नेयोङको अभिनय रहेको ‘खोक्पा’ को छायांकन, सम्पादन, कलर ,ड्रोन सम्पूर्ण काम आदम लिम्बुले गरेका छन ।

नुमा नेयोङ र भूमिका नाल्बो फिल्मका सह – निर्माता हुन भने सम्पूर्ण व्यवस्थापनाको जिम्मा सानुराजा थेगिम र राजीव दाहालले सम्हालेका छन । यसैगरी तिरज लिम्बु को निर्माण र प्रकाश लिम्बु कै लेखन निर्देशन् अनी मुख्य अभिनय रहेको अर्को सर्ट मुभी ‘बाध्यता’ पनि चलचित्र महोत्सवमा स्पेशल शो गरिएको थियो । दर्शकहरुको धेरै माया पाएपछी कलाकारहरु र निर्माण टिमलाई धन्यवाद दिन सम्पूर्ण टिमलाई प्रमाण पत्र प्रदान गरियो । अनेक आबश्यकता हुँदाहुँदै पनि आर्थिक अभावले गाजिएको एक सुन्दर परिवारको बाध्यतालाई मुल बिषय बनाएर निर्माण गरिएको ‘बाध्यता’ स्थानिय समाजको वास्तविक कथा हो । बाध्यतामा सारादा शाक्य, प्रकाश लिम्बु रोजनी लिम्बु रेन्सा लिम्बु तिरज लिम्बु कंचन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल , बिनोद रसाइली , सुबाश राई र ईन्द्र लिम्बुको अभिनय रहेको छ ।

प्रमाण पत्र बितरण कार्यक्रममा प्रमुख अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो थिए । उनले चलचित्रको प्रकार बारे स्पस्ट पार्दै, स्थानिय स्तरमा निर्माण भएका लिम्बु चलचित्रहरु सर्ट मुभीहरुले राष्ट्रिय स्तरमा अन्य व्यवसायिक चलचित्रहरु सँग प्रतिस्पर्धा नभएर आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण गर्न प्रचार गर्न निर्माण भएकाले पनि स्पेशल शो र च्यारिटी गर्न वाध्य भएको बताए ।

हामीले चलचित्र निर्माण गर्दा धेरै बिषय बस्तु समाज, जीवन र जगतको हिसाब बाट,समुदायको हिसाबबाट फिल्म निर्माण गरेको हुनाले अन्य व्यवसायिक चलचित्रहरु भन्दा फरक र अर्थपूर्ण छ, मेन्याङ्बोले भने । हाम्रो चलचित्रको बजारको स्रोत र दर्शकहरु स्थानिय भएकाले निर्माण गरेको चलचित्रहरु प्रदर्शनमा समस्याहरु भएपनी स्थानियहरुको सहयोगमा च्यारिटी र बिशेष शो गरेर बस्न वाध्य भएको सुनाए । साथै अब स्थानिय स्तरमा मात्र नभएर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा पनि बजार खोज्ने र बजारमा बिक्ने खालका चलचित्र हरु निर्माण गर्न पनि मेन्याङ्बोले सुझाए ।

खोक्पा TRAILER Limbu Culture Movie

Previous Post

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ – संयोजक ज्योतीराज राई

Next Post

मोडल हन्ट ‘फेस अफ नेपाल’ को असार ११ गते इटहरीमा अडिसन हुँदै

Next Post
मोडल हन्ट ‘फेस अफ नेपाल’ को असार ११ गते इटहरीमा अडिसन हुँदै

मोडल हन्ट ‘फेस अफ नेपाल’ को असार ११ गते इटहरीमा अडिसन हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal