अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा कम्मर मर्काएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को गीतमा पहिलो पटक बोल्ड अवतारमा देखिएकी हुन । गीतमा सुनिधी चौहानको आवाज ,तान्सिक नब्बरको रचना र लय सिर्जना बिजिबालको रहेको छ l राजीव शेट्टीको निर्देशन रहेको फिल्मलाई एसके लरेन्सले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्मको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ ।

>








Discussion about this post