ताइफ, साउदी अरब नेपाली श्रमिकले भोग्दै आएका समस्या, श्रम अधिकार र तिनको समाधानका उपायबारे छलफल गर्न नेपाली महावाणिज्यदूतावासले साउदी अरबको ताइफमा सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।
२०८३ असोज ३० गते आयोजित कार्यक्रममा ताइफमा बसोबास गर्ने नेपाली श्रमिक तथा नेपाली समुदायका स्वयंसेवीहरूको सहभागिता थियो।

कार्यक्रममा नेपाली श्रमिकले काम गर्ने क्रममा तथा दैनिक जीवनमा भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरिएको थियो। महावाणिज्यदूतावासको टोलीले श्रमिकले जान्नुपर्ने श्रमसम्बन्धी विषय, आफ्ना अधिकार र समस्या समाधानका लागि अपनाउन सकिने उपायबारे जानकारी गराएको थियो।
त्यसैगरी, कार्यक्रममा नयाँ प्रणालीअन्तर्गत राहदानीको घुम्ती सेवा सञ्चालनको परीक्षणसमेत गरिएको थियो। परीक्षणका क्रममा केही राहदानी आवेदन संकलन गर्नुका साथै राहदानी वितरणको काम पनि सम्पन्न गरिएको महावाणिज्यदूतावासले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने ताइफका नेपाली स्वयंसेवी तथा सहभागी सबैप्रति महावाणिज्यदूतावासले आभार व्यक्त गरेको छ।
विदेशमा कार्यरत नेपाली श्रमिकलाई श्रमसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै उनीहरूले भोगिरहेका समस्या पहिचान र समाधानका लागि यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।






</>










Discussion about this post