हरेक चलचित्रमा जीवनत अभिन्य गर्न माहिर मानिन्छिन सुरक्षा पन्त । उही सुरक्षा अहिले एउटा झेम्लामा परेकी छीन । केही दिन अगाडि उनी अभिनित सर्ट मुभी ‘मन बार’ यूटुब मा सार्वजनिक भए पछी चर्चा पनि बटुल्यो तर अहिले ‘मन बार’ सर्ट मुभी हिन्दी सर्ट मुभी ‘नामर्द’को हुबहु कपी भएको पाएको छ् । यसै बिषयलाई लिएर सुरक्षाले यो कुरा थाहा पाउँदा आफूलाई निकै दुःख लागेको र यस्तो कुरा थाहा भएको भए काम गरिदिन थिए भनेर सामाजिक सन्जाल फेसबुल मार्फत स्पस्टि करण दिएकी छीन ।
उनी लेख छीन
हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा(short movie), कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला। कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म ।त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु। तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन ।
सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु।) यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ। अर्को एउटा महत्वपुर्ण पाठ : टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।

>









Discussion about this post