नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ ।
यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका भने आफूले गीत हेरेर काम गरिरहेको बताउँछिन् ।

मलिकालाई रुचाउने दर्शकको संख्या पनि बढेको छ । यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् । मलिका मनोनयनमा परेपछि अवार्ड नपाउँदा मन दुख्ने पनि बताउँछिन् ।

दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले सुनाइन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पोष्ट प्रोडक्शनमा छ ।
हेरौ अरु तस्विरहरु:

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।


>



































Discussion about this post