Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पोखरामा गुञ्जिए सञ्जीव र टीका

रबिन राउत by रबिन राउत
६ माघ २०७६, सोमबार ०९:४२
in प्रदेश नं ४, मनोञ्जन
0
पोखरामा गुञ्जिए सञ्जीव र टीका
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन् । रातो र चन्द्रसूर्य…बोलको गीतबाट मेलो पसेका उनीहरुले नाई मलाई थाहा छैन…, माया लुकी लुकी… किन कर्के नजर…, हिट हिट गीत…लगायत १ दर्जन गीत गाएर पोखरेली दर्शकलाई मनोरञ्जन दिलाए । प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक अझ रोमाञ्चित भए ।

विराटनगर स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जीव र झापा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी टीका नेपाली सङ्गीतका क्षेत्रमा साङ्गीतिक जोडीका रुपमा परिचित छन् । नाई मलाई थाहा छैन…बोलको गीतबाट अघि बढेको यो जोडीले युगल साँझकै माझ ‘सँग सँगै’ भाग १ र २ गरी २ एल्बम पनि सार्वजनिक गरे । यससँगै सञ्जीवका यसअघिका ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका यसअघिको ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन् ।

उनीहरुले संयुक्त रुपमै ५ ओटा अवार्ड नै पाएका छन् । कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ. एम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड उनीहरुले संयुक्त रुपमा ग्रहण गरेका छन् । गायिका टीकाले नातिकाजी युवा सङ्गीत सम्मान र इमेज अवार्ड पनि पाएकी छिन् भने सञ्जीव पनि अनुपम सङ्गीत सम्मानलगायतका सम्मान पाएका छन् ।

पोखरेली दर्शकको स्तरीय गीत÷सङ्गीतप्रतिको लगाव आफूहरुलाई मन पर्ने सञ्जीव र टीकाले सुनाए । उनीहरुले जीवनमा थुप्रै साङ्गीतिक कार्यक्रममा सहभागी भए पनि युगल साँझ जीवनकै ऐतिहासिक रहेको धारणा राखे । कलाकारद्वयलाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए ।

प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा निम्त्याइएका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले पनि सञ्जीव र टीकाको प्रस्तुतिको प्रशंसा गरे । नेपाली कला, साहित्य र सङ्गीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए ।

कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर साङ्गीतिक कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रकै ऐतिहासिक कार्यक्रम भएको दाबी गर्दै आगामी जेठमा हुने सातौँ अनुपम साङ्गीतिक साँझ नयाँ ढङ्गबाट अघि बढ्ने खुलासा गरे । कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा सङ्गीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए ।

कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी तथा सहसचिव गोविन्द सिञ्जालीले गरेका थिए । लायनहरु वासुदेव कोइराला, मिलन थापा, कमलबहादुर बस्नेतलगायतले शुभकामना दिएका कार्यक्रममा मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्रकुमार शर्मालाई सम्मान गरिएको थियो । सम्मानित शर्माले आफ्नो संस्थाले स्थापना कालदेखि नै साहित्य, सङ्गीतमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा किन कर्के नजर…बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

Previous Post

शिशिर र शिलाष्मा फिचर्ड दिनेश गौतमको 'म मरिसकेपछि' सार्वजनिक [भिडियो]

Next Post

गायक प्रमोद खरेलको गुनासो गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था छैन

Next Post
गायक प्रमोद खरेलको  गुनासो  गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था छैन

गायक प्रमोद खरेलको गुनासो गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था छैन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal