साउदी अरेबिया । प्रवासी नेपाली मञ्च मध्यपूर्व महादेशीय कमिटीको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा महादेशीय कमिटीका संयोजक प्रकाश कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनले बाबुराम सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा गीता सुवेदी, सचिवमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको साउदी अरेबिया कमिटीका महासचिव राजु खनाल निर्वाचित हुनुभएको छ। त्यसैगरी उपसचिवमा मेनुका खतिवडा र महेशप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ।
सदस्यहरूमा अच्युत तिम्सिना, ऋषि भट्टराई, कृष्णप्रसाद आचार्य, गोकुल कुइँकेल, गोपाल बस्नेत, चन्द्र गुरुङ, धर्मप्रसाद बराल, नानुराज बराल, रामकुमार आचार्य, राजुप्रसाद भट्टराई, विजयविक्रम बस्नेत, विष्णुलाल श्रेष्ठ, शिवजङ्ग गुरुङ, शेख शहनवाज, शोभाखर भुसाल र यम लामा बम्जन निर्वाचित हुनुभएको छ।
मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायका साझा सवाल, श्रमिकका समस्या तथा प्रवासी नेपालीका हितका विषयलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित कमिटीले मध्यपूर्वमा रहेका नेपालीबीच संगठनात्मक एकता, सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै प्रवासी नेपालीका साझा समस्या तथा अधिकारका विषयलाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।
पत्रकारिता तथा प्रवासी नेपाली समुदायका विषयमा सक्रिय रहँदै आउनुभएका खनालको सचिव पदमा भएको चयनले संगठन र सञ्चार क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

>









Discussion about this post