Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७९, शनिबार १९:०९
in भिडियो, मनोञ्जन
0
‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ ।

गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्ध जस्ता पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको गीतमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ ।

अधिकांश प्रेमिल गीतमा कलाकारहरू सेटमा या डाँडाकाँडातिर नाँच्ने गरे पनि ‘प्रेमा’को यो गीत अन्य गीतभन्दा पृथक छ । गीतका अधिकांश दृश्यमा मठमन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ । गीतमा कलाकार नाँचेको देखाइएको छैन । शुभेक्षा र अरुणलाई फिल्मका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा–आँखाको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन् ।

फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।

गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(WICA)को डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

भिडियो लिंक :

Previous Post

इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने

Next Post

अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

Next Post
अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal