काठमाडौँ। हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटाको नयाँ हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को प्रशारण सुरु भएको छ। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ भने सोमवार ८.३० बजे मिटिभीको अफिसियल यु ट्युब च्यानल (Mt.Everest Digital) मार्फत सार्वजनिक हुनेछ।
भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल,लक्ष्मी तिमल्सिना,शिव शर्मा,पिताम्बर आचार्य,गीता ओली,प्रेम खतिवडा,रक्षा सापकोटा,यसोदा सापकोटा,लक्ष्मण नेपाल,सुरेश चौधरी,प्रग्यासी थापा,सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ। हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाइ बिसेष रुपमा प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए।
हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा गौतमराज खड्काको ग्राफिक्स,राज कार्कीको सम्पादन,कन्सेप्ट तथा स्क्रिप्ट बिष्णु सापकोटा,छायाँकन प्रवेश पोखरेल र संजय राई,शिर्ष गीत बसन्त सापकोटाको रहेको छ।

>









Discussion about this post