काठमाण्डौ श्रावन ०१ – रिसको झोकैमा, दिलको महल, पल्ला घरे, आँशु झारी, हे माया लगाएतका गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता मन जितिसकेका लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले नेपालि नारीहरुको महान चाड हरितालिक तीज २०७९ को शभकामना सहित ‘छमछमी नाच्ने हो” पुनः सार्बजनिक गरेका छन् । प्रस्तुत गीतमा कोरोनाको कारण गत सालहरुमा हर्षउल्लासका साथमा तीज पर्ब मान्न नपाएको र यसपाली भने यो महामारीमा न्यूनता आएकोले मन खोलेर नाच्ने झुम्ने भन्ने किसिमको भाव सामबेस गरिएको छ ।
गीतलाई लय तथा शब्द सिर्जना पनि प्रस्तुतकर्ता स्वयम् मुकन्दले भरेका हुन् भने स्वर मुकन्द महत र सुभद्रा तिमल्सिनीको सुन्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र अभि वाग्लेको दमदार नृत्य देख्न सकिन्छ । “छमछमी नाच्ने हो” बोलको गीतको म्युजिकलाई निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् भने छायांकन सुबिन गोदार र सम्पादन बिनोद बमले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
</>









Discussion about this post