Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दर्शकले मन पराए ‘बिहे पास’

रबिन राउत by रबिन राउत
४ बैशाख २०८०, सोमबार १४:४७
in मनोञ्जन
0
दर्शकले मन पराए ‘बिहे पास’
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

–काठमाडौं,०४ बैशाख ।
नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ ।
संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका बिशाल पहाडी सरकारी अधिकृत छन् । फिल्मले सरकारी जागिरको कुरा मात्र होइन,नेपाली जनजीवनका बिबिध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ । नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी,कर्मचारीको घुस्याहा मनोबृति,लोकसेवा पास गर्न आर्थिक चलखेल,प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न बिबिध हतकन्डा अप्नाउने डनगिरीलगायतका बिबिध बिषयलाई समेटेको छ । हाँसो,रोमान्स,यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचीत संयोजन रहेको फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो ।
नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको ब्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । उनले आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन् ।
फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल,श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेल,रुषा न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

Previous Post

रोड थ्रिलर फिल्म ‘बाटो’को फष्टलुक सार्वजनिक

Next Post

'निष्ठुरी'मा मुकुन्द  र दिपिकाको अन्स्क्रिन प्रेम ( भिडियो ) 

Next Post
‘निष्ठुरी’मा मुकुन्द  र दिपिकाको अन्स्क्रिन प्रेम ( भिडियो ) 

'निष्ठुरी'मा मुकुन्द  र दिपिकाको अन्स्क्रिन प्रेम ( भिडियो ) 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal