Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रवासमा रास्वपाको बढ्दो प्रभाव : साउदी अरबमा हजारौँ नेपाली एकैदिन सदस्यता अभियानमा सहभागी

खगेन्द्र बराल by खगेन्द्र बराल
३० कार्तिक २०८२, शनिबार १५:५१
in देश, पत्रपत्रिका, प्रवास, राजनीति, विश्व
0
प्रवासमा रास्वपाको बढ्दो प्रभाव : साउदी अरबमा हजारौँ नेपाली एकैदिन सदस्यता अभियानमा सहभागी
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

उमेश भट्ट – साउदी अरब । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति प्रवासमा बढ्दो विश्वास र आकर्षणकै बीच साउदी अरबमा आयोजित एक विशेष सदस्यता प्रवेश अभियान एकै दिन अभूतपूर्व रूपमा सफल भएको छ। पुराना राजनीतिक दलहरू त्याग्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपालाई स्वीकार गर्ने प्रवासी नेपालीहरूको यो लहरले खाडी क्षेत्रमा पार्टीको संगठनात्मक शक्तिमा नयाँ उचाइ थपिदिएको छ।

यो कार्यक्रम स्थानीय समाजसेवी श्री लीला प्रसाद लुइटेलको पहलमा सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रवास सम्पर्क विभागका उपप्रमुख प्रेम आचार्य, पूर्वी क्षेत्र समितिका कार्यवाहक प्रमुख सरोज भुसाल (नारायण) तथा संगठन र नीति–कार्यक्रम विस्तारका सक्रिय अभियन्ता भूपाल भण्डारी उपस्थिति जनाउँदै नेतृत्वदायी प्रेरणा प्रदान गरेका थिए। उपस्थित नवप्रवेशीहरूलाई उनीहरूले न्यानो स्वागत समेत जनाए।

दैनिक सयौँको सदस्यता आवेदन

उपप्रमुख प्रेम आचार्य ले साउदी अरब नेपालभन्दा १५ गुणा ठूलो भौगोलिक क्षेत्र भए पनि भेटघाटका चुनौतीलाई पन्छाउँदै प्रवासी नेपालीहरूमा रास्वपा प्रति देखिएको उत्साह प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार,
“निर्वाचन नजिकिँदै जाँदा प्रवासमा रास्वपाको आकर्षण तीव्र रूपमा बढेको छ, र हाल दैनिक १०० भन्दा बढी सदस्यता आवेदनहरू दर्ता भइरहेका छन्।”

कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई रास्वपाको चिनारी स्वरूप टी–शर्ट वितरण गर्दै “जय घण्टी” को नारासहित स्वागत गरिएको थियो। सहभागीहरूले ‘घाम, रुख, तारा, हलो’ जस्ता पुराना दलहरूले दिएको निराशालाई अन्त्य गर्दै अब देशभर ‘घण्टीको धुन’ गुन्जिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूको सामूहिक भनाइ थियो— रास्वपा अब वैकल्पिक मात्र होइन, मूलधारको राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको छ।

संगठन विस्तार र राष्ट्रनिर्माणको नयाँ अध्याय

सरोज भुसाल (नारायण) ले प्रवासमा रहेका सबै देशप्रेमी, युवा तथा ‘घण्टी’ प्रेमीलाई एकजुट गरेर संगठन विस्तारलाई अझ व्यापक बनाइने बताउनुभयो। उहाँले भन्नुभयो—
“प्रवासको योगदान रेमिट्यान्समा मात्र सीमित हुनुहुन्न। अब परिवर्तनको भोटमार्फत राष्ट्रको भविष्यको नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको छ।”

प्रवासी नेपालीका लागि १०% आरक्षणको नीति

नीति–कार्यक्रमका अभियन्ता भूपाल भण्डारी ले रास्वपाको सिद्धान्त, प्रतिबद्धता र कार्यशैलीबारे स्पष्ट धारणा राख्दै समानुपातिक सांसद चयनमा कुनै सौदाबाजी नगरी यथार्थमा आधारित प्रक्रिया अपनाइएको बताउनुभयो।
उहाँले विदेशमा रहेका नेपालीहरूको
“पीडा, पसिना र प्रविधि”
लाई संविधान र कानुनमा समावेश गर्ने ठोस प्रतिज्ञा गर्दै,
प्रवासी नेपालीका लागि १० प्रतिशत आरक्षण सुनिश्चित गरिने
घोषणा गर्नुभयो।

यो घोषणाले हल भरि रहेका प्रवासी नेपालीहरू उत्साहले ताली बजाउँदै पार्टीप्रतिको ऐक्यबद्धता अभिव्यक्त गरेका थिए।

राष्ट्रका लागि निर्णायक चुनाव, समाधानका रूपमा रास्वपा

वक्ताहरूले आगामी निर्वाचनलाई विशेष र निर्णायक बताउँदै, जेन-जि पुस्ताले देखाइरहेको बलिदानी भावना, देशमा बढ्दो भ्रष्टाचार, बेथिति र मानव तस्करीविरुद्ध रास्वपा नै प्रभावकारी विकल्प रहेको जिकिर गरे।
उनीहरूले जोड दिए—
“यो विषम परिस्थितिबाट राष्ट्रलाई बचाउन सक्षम एकमात्र राजनीतिक शक्ति आजको नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी नै हो।”

कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई आफू र आफ्ना परिवारले अनिवार्य रूपमा ‘घण्टी’ चिन्हमा भोट गर्न आग्रह गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भुपाल भन्डारीले बताउनु भयो ।

Previous Post

रिता थापा मगर निर्विरोध अध्यक्ष निर्वाचितगोरखामा सम्पन्न आठौं अधिवेशनबाट नयाँ नेतृत्व चयन, लोक संस्कृतिको उत्थानमा नयाँ प्रतिबद्धता

Next Post

साउदीमा रहेका नेपालीको मतदाता दर्ता सहज बनाउन रास्वपा रियादको दूतावासलाई पत्र

Next Post
साउदीमा रहेका नेपालीको मतदाता दर्ता सहज बनाउन रास्वपा रियादको दूतावासलाई पत्र

साउदीमा रहेका नेपालीको मतदाता दर्ता सहज बनाउन रास्वपा रियादको दूतावासलाई पत्र

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal