Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

काँडेतार जस्तो फिल्म अरुभए २० लाख दिने नवल खड्काको ठोकुवा

Nepalok by Nepalok
२७ मंसिर २०८०, बुधबार १८:५०
in मनोञ्जन, समाचार
0
काँडेतार जस्तो फिल्म अरुभए २० लाख दिने नवल खड्काको ठोकुवा
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ फिल्म ‘काँडेतार’को इटहरीमा विशेष च्यारिटी शो हुने भएको छ । नेपाल र भारत बिचको बर्षौदेखी उठिरहेको सिमा विवादलाई मुल मुद्धा बनाएर निर्माण भएको यो फिल्म युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै विशेष च्यारिटी शो बारे जानकारी गराएको हो । मंगलबार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकर नवल खड्काको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

इटहरीमा रहेको इलाईट सिनेमा हलमा यहि मङ्सिर ३० गते फिल्म ‘काँडेतार’को ३ शो प्रदर्शन गरिने निर्देशक तथा कलाकार खड्काले जानकारी गराए । उनका अनुसार पहिलो शो १०:४५ बजे हुनेछ भने दोश्रो शो १ बजे र तेश्रो शो ३ बजे हुनेछ । फिल्म हेर्नको लागी श:शुल्क ब्यवस्था रहेको छ । विशेष च्यारिटी शोबाट उठेको रकमलाई सिमा रक्षा गर्नलाई खटिएका पहरेदारहरुलाई हस्तान्तरण गर्ने निर्देशक खड्काले पत्रकार भेटघाटमा जानकारी गराए ।

यसअघि उनले यो फिल्मलाई देशभर ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । अधिकांश ठाउँमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाई छ । आफुले बनाएको यो फिल्म काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको फिल्म भएको निर्देशक तथा कलाकार खड्काको दावी छ । यदि कसैले बनाएको दावी गर्न सक्छ भने आफुले सो फिल्मलाई २० लाख दिने ठोकुवा गरे । स्मरण रहोस् यो फिल्म काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकस बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । जस अन्तर्गत यो फिल्मले १० लाख पुरस्कार स्वरुप पाएको थियो ।

पछिल्लो समय जनकपुरमा फिल्मको विशेष च्यारिटी शो सम्पन्न गरेर कोशी प्रदेश प्रवेश गरेका नवलले सोहि दिन अर्थात मङ्सिर ३० गते नै धरानमा पनि काँडेतारको विशेष च्यारिटी शो गर्दैछन् । यतिबेला उनी च्यारिटी शोलाई सफल बनाउन सहयोगी संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायतलाई भेट्न ब्यस्त छन् । लामो समयदेखी देशभक्त फिल्म निर्माण गर्दै आएका नवलकी श्रीमती अर्थात गायिका तथा यो फिल्मकी कार्यकारी निर्माता सत्यकला राईले आफुहरुले नाफा कमाउन फिल्म नबनाएको बताईन् । यदि त्यस्तो थियो भने आफ्नो घरबार बेच्दै बनाएको फिल्म डुब्दा पनि देशभक्त फिल्म बनाउन हार नखाएको उनको भनाई छ ।

यो फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन् । यो फिल्म आउँदो फागुनको २५ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

Previous Post

'मलाई तिम्रो मुटुसरी'मा आमा बन्दा यस्ती  देखिइन गरिमा

Next Post

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

Next Post
चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal