नेपालगन्ज- नेपाली चलचित्रका महानायक राजेश हमाल नेपालगन्ज आएका छन।
कार्तिक २० गतेदेखि सन्चाल भइरहेको “सप्तरङ्ग सात प्रदेश सिजन २” संगीतमय मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत प्रदेश पाँचको कार्यक्रमका लागि राजेश हमाल लगायतको टिम सोमबार नै नेपालगन्ज आइपुगेको हो।
मंगलबार राजेश हमाल लगायत कलाकारको टिमले नेपालगन्ज स्थित कारकाँदोमा टिभिएसको नयाँ शोरुमको उद्घाटन गरेको छ।
हेर्नुस भिडियो..
टिभिएसले प्रायोजन गरेको उक्त कार्यक्रमका लागि महानायक हमालसँगै हाँस्यकलाकार जितु नेपाल मुन्द्रे, गायक सुगम पोखरेल, प्रकाश सपूत, रवि ओड, हिमाल सागर, गायिका मेलिना राई र सन्चारकर्मी नरेश भट्टराई पनि नेपालगन्ज आएका छन।

प्रदेश पाँच अन्तर्गत नेपालगन्जमा हुने उक्त कार्यक्रम आज दिउँसो ४ बजेदेखि नेपालगन्जको रामलिला मैदान सुरुहुनेछ।
कार्यक्रममा प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ। कार्यक्रममा महानायक हमाल सँगै अन्य कलाकारहरुको प्रस्तुति रहने छ।

>










Discussion about this post