गीतकार निशा शर्मा अर्यालको “यस्तो माया” बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।
पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छिन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए।बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।
म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नया गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन। जहा दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।

>









Discussion about this post