Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जानकी पन्थको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ( भिडियो )

रबिन राउत by रबिन राउत
२५ भाद्र २०८०, सोमबार १५:४४
in भिडियो, मनोञ्जन
0
जानकी पन्थको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ( भिडियो )
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी मात्र छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनिक भएका छन् । यहीमध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।
म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ । । गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको छ । गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पिडालाई समेटिएको छ भने अर्कोतिर तराइजस्तो उर्वर भुमी बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिन खोजिएको छ।
आँखाभरी कयौ सपना सजाउदै मनभरी अनेक रहर बोक्दै शहर छिर्छ मान्छे । एउटा आफ्नो घर बनाउला सुन्दर सानो संसार सजाउला भन्ने रहर अनि सपना जो कोहीको हुन्छ। तर,सबै सपना पूरा कहाँ हुन्छन् र? तिनै सपना पूरा नहुदाको पीडा अनि भाडाकै घरमा जिन्दगी बिताउनुपर्दाको बाध्यतालाई जिवन्त बनाएको छ ‘अब त चाहियो काठमाडौंमा घर’ ले।
गीतको भिडियोले पनि गीतको मर्मलाई मुर्त रुप दिएको छ। कलाकारहरु अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको यश गीतमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ ।
सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ ।मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेसन हाइट, सुकेधारा र टिकाथली आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।
भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । गीतकी सर्जक जानकी भन्छिन्  ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु ? घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला । तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ । यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा–व्यथा बोकेको तीज गीत हो । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’
पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, तिम्रो त आज खुशिको पल, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न अनायासै सोध्यौ यस्तो प्रश्न, यदि तिमी खुशी छौ भने, लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है, अहिलेसम्म फोनै आएन लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् । उनले केही चलचित्रहरुमा समेत आफ्ना शब्द सजाइसकेकी छन् भने पन्थ एकल शब्द तथा संगीतमा एकल एल्वम निकाल्ने नेपालकी प्रथम महिला समेत हुन् । २०६८ सालमा सार्वजनिक भएको एल्वम ‘संघार’ बाट उनले यो उपाधी प्राप्त गरेकी हुन् ।

Previous Post

लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

Next Post

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

Next Post
गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal