Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौज सुन्नु पर्यो

रबिन राउत by रबिन राउत
२७ असार २०७७, शनिबार ०८:२८
in मनोञ्जन, विचार
0
दिपा श्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौज सुन्नु पर्यो
59
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाइ एउटा अभिव्यक्तिको  कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो । दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् । उनि कलाकार मात्र नभएर एक नारि हुन् भने कसैको छोरी पनि हुन् । बिगत ३ दशक देखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेर चलचित्र क्षेत्रको बृहत्तर हितको लागि उनले पनि योगदान पुर्याउदै आएकी सर्बबिधितै छ ।

दिपा श्री निरौलाको एक टेलिभिजन अन्तरबार्तामा महानायक होइन भनेको शब्द छैन !  महानायक हुनुहुन्छ र भनेको शब्दलाइ लिएर धेरै टिका टिप्पणीहरु आईरहेको छन् भने एक नारीको अस्मिता माथिनै धावा बोल्दै तल्लो स्तरको अपशब्दहरु सामाजिक संजाल भरि छ्याप-छ्याप्ती भरिएका छन् । यहि बिषयलाइ लिएर उनले सामाजिक संजाल मार्फत पटक पटक आफ्ना शुभचिन्तकहरु समक्ष माफि समेत माग्दै मेरो आशय यस विषम परिस्थितिमा महानायक जस्तो व्यक्तिले खुलेर देश समाजको लागि आउनु पर्थ्यो भन्ने हो भनेर धेरै पटक स्पष्टिकरण समेत दिइसकेकी छिन ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमालनै महानायक हुन् भन्ने कुरामा दुईमत छैन, चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै  सम्मान स्वरुप उनले पाएको पद महानायक आफैमा एक गौरब समेत हो। यो ठुलो बिषय पनि थिएन कि दिपा श्री निरौलाको अन्तरबार्तालाइ लिएर एक नारीको अस्मिता, चरित्र माथिनै प्रश्न चिन्ह खडा गर्ने र तथानाम भन्ने अधिकार पनि कसैमा छैन। उनले महानायकको सक्रियता खोजेर, एउटा अभिभाबक खोजेर के गल्ति गरिन र ? हामि एक सभ्य नागरिक भएको हैसियतले एक नारीको सम्मान गर्दै त्यस्ता अपशब्दहरु प्रयोग गर्नु हुदैंन भन्ने आम नेपालीको चाहना हो र अहिलेको आबश्यकता पनि हो । मुलुक अहिले कोभिड-१९ र लकडाउनले गर्दा कम्जोर  अर्थतन्त्र, राजनीतिक किचलो तथा सामाजिक अस्थिरतामा लडिरहेको बेला हामी सर्बसाधारण जनता कुन बाटोमा हिडिरहेको छौं, हामी कस्तो-कस्तो कुरामा समय बर्बाद गर्दै एक नारिको बिरुद्ध, एक कलाकारको चरित्र हत्या, मानहानीमा लागिरहेको छौ । उनले पटक पटक नेपाली जनता समक्ष आफ्नो अभिव्यक्ति राख्दै विषम परिस्थितिमा सम्पूर्ण चलचित्रकर्मीको अबिभाबक भूमिका निर्बाह गरिदिन आग्रह गरेको कुरा प्रष्ट छ । तसर्थ हामीले सकारात्मक पक्षलाइ समेट्दै उर्जाशील समयमा संयम हुदै, गालि गलौज, अपशब्दहरु नबोली समस्याको समाधान तर्फ उन्मुख हुनु जरुरि देखिन्छ । यस्ता शब्दहरुले देश समाज र परिवारलाइ समेत ठुलो असर पर्छ भने हामी कुन समाजमा हुर्किरहेका छौं भन्ने समेत प्रश्ट्याउछ  ।

हिजो सम्म नेपाली राष्ट्र, राष्ट्रियता तथा सरकार प्रमुखको बिपक्षमा अनेक थरि लाल्छना लगाउने भारतीय मिडियाहरु नेपालमा प्रतिबन्ध लागाइयेको परिपेक्षमा नेपालमा भित्रनै यस्तो घटिया अपशब्द बोल्ने, कमेन्ट गर्नेहरुलाइ समेत कानुनको दायरामा ल्याउनु पर्ने आजको आबश्यकता भएको छ । सभ्य समाज निर्माण गर्न हामी सबै एकजुट हौं, कुनै कुरा गलत लागेमा सभ्य तरिका बाटनै त्यसको प्रतिरोध गरौं तर कोहि कसैको चरित्रहत्या गर्न, मानहानी गर्न र गालि गलौंज अपशब्दको प्रयोग नगरौं ।

Previous Post

मोडलिङमा भबिष्य खोज्दै मोडल बिपना चुनारा

Next Post

गायिका सविना थापाको स्वरमा नयाँ तीज गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक (भिडियो सहित )

Next Post
गायिका सविना थापाको स्वरमा नयाँ तीज गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक (भिडियो सहित )

गायिका सविना थापाको स्वरमा नयाँ तीज गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal