Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए

रबिन राउत by रबिन राउत
२४ आश्विन २०७७, शनिबार ११:०३
in प्रवास
0
आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

लण्डन ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राख्नु भयो ।  

प्राविधिक तथा व्यवसायीक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जनामा भई समग्र देश विकासमा समेत टेवा पुग्ने अधिकांशको धारणा थियो ।  

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यवसायीक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताउनु भयो ।  

‘सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ  । हामी पनि यो विषयमा निकै संवेदनशील छौँ,’ उहाँले भन्नु भयो ।  

नेपाललेले योजनाबद्ध विकासको लक्ष्य अघि सारेकाले यसमा पनि प्राविधिक तथा व्यवसायीक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले समग्र विश्वको विकास पनि प्राविधिक शिक्षा बिना सम्भव नरहेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा बोल्दै लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायीक शिक्षा निकै सान्दर्भक भएको बताउनु भयो ।  

सैदान्तिक शिक्षाको तुलनामा व्यवसायीक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्छ । साथै यसले जीवन स्तर सुधार गर्दै आर्थिक विकासमा पनि टेवा पुयाउँछ,’ उहाँले भन्नु भयो, ‘यदि तपाइँले कसैलाई तालिम दिनु भयो भने त्यो तालिम काम खोजिरहेकाहरुका लागि मात्रै महत्वपूर्ण हुँदैन यो समग्र उद्यमीहरु तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।’ 

सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगि मुलुक आर्थिक उन्नतीतर्फ अग्रसर हुने उहाँको भनाई थियो ।  

अहिले समग्र विश्वको विकास व्यवसायीक तथा प्राविधिक शिक्षाकै कारण सम्भव भएको उहाँले जोड दिनुभयो ।  

नेपालमा पनि प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गएता पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । 

कार्यक्रममा आफ्नो धारणा राख्दै कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताउनु भयो । तर नेपालका पाठ्यक्रम सैदान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आबश्यक रहेको उहाँले औँल्याउनु भयो ।  

नेपालमा स्रोत तथा साधनको अभावका कारण प्राविधिक तथा व्यवसायीक शिक्षामा पनि फड्को मान नसकेको भन्दै यसका लागि बजार क्षमता तथा तात्पर्यता बढाउन उहाँले जोड दिनुभयो ।  

नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम (टेक्नीकल एण्ड भोकेस्नल एजुकेशन एण्ड ट्रेनिङ) को महत्व दर्शाउँदै यसमा अध्ययन अनुसन्धान गरेर अगाडी बढ्न आबश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।  

साउद एशिया ह्युमन एण्ड सोसल डभेलपमेन्ट डिभिजन बैंक तथा एशिएन डेभलपमेन्ट बैंक (एडिबी) का निर्देशक डा.साङ्गस्युप राले एसियामा सीप विकासका चूनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै एशियामा अनुसन्धान तथा व्यवस्थापनको अभावका कारण प्राविधिक शिक्षाको विकास हुन नसकेको औँल्याउनु भयो ।  

बेमेल, औद्योगिक साझेदारीको अभाव, कमजोर संस्थागत क्षमता, नवप्रवद्र्धनका लागि कमजोर समर्थन तथा छुट्टै रणनीतिको अभावका कारण नेपालसहित समग्र एशियामा प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासमा चुनौती खडा भएको उहाँको भनाई थियो ।  

पछिल्लो समय एशिया प्राविधिक क्षेत्रमा विस्तारै फड्को मार्न थालेको उहाँले बताउँदै उहाँले प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासका लागि अध्ययन, अनुसन्धान तथा साझेदारीमार्फत छुट्टै रणनीति बनाएर अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।  

डा. उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रमको पहिलो सेसन अन्तर्गतको कार्यक्रममा अमेरिकन एशोसिएसन अफ कम्युनिटी कलेजका पूर्व सिइओ डा.जर्ज बक्स, अमृता शर्मा पिएचडी स्टुटेन्ट इन डेभलपमेन्ट स्टडीज काठमाडौं युनिभर्सिटी लगायतले आफ्नो धारणा राख्नुभयो ।  

सोही कार्यक्रमको दोस्रो सेसन अन्तर्गत पनि राष्ट्रिय योजना आयोगकी सदस्य उषा झा , एनआरएनएका उपाध्यक्ष मन केसी, प्रोफेसर, मशेशनाथ पराजुली, डा. तुल्सी धरेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, मन केसी उपाध्यक्ष एनआरएनए , सांसद डा. सूर्य पाठक, एनआरएनएका पदाधिकारी राम थापा तथा एग्रिकल्चर इन्फरमेशन एण्ड ट्रेनिङ सेन्टर नेपालका प्रमुख श्रीराम घिमिरेले आफ्नो धारणा राख्नु भएको थियो ।  

डा. उमा प्रधानले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै अधिकांशले नेपालमा प्रविधिक तथा व्यवसायीक शिक्षाको महत्व रहेको औँल्याउनु भयो । प्राविधिक शिक्षाले युवाहरुको क्षमता अभिवृद्धि मात्र

Previous Post

आयो अक्षयको ‘लक्ष्मी बम्ब’को ट्रेलर (भिडियो सहित )

Next Post

बलात्कारविरूद्ध कालो पोशाक र आँखामा पट्टी बाँधेर प्रदर्शन (तस्बिरहरू)

Next Post
बलात्कारविरूद्ध कालो पोशाक र आँखामा पट्टी बाँधेर प्रदर्शन (तस्बिरहरू)

बलात्कारविरूद्ध कालो पोशाक र आँखामा पट्टी बाँधेर प्रदर्शन (तस्बिरहरू)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal