२० मे २०२२ का दिन दमाममा श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम हुने भएको छ् । कार्यक्रममा कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने छ । यस्तो समस्या भएका कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर जानुपर्ने हुन्छ भने अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी आउँदा साउदी अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपि लिएर जानु पर्ने हुन्छ ।

उक्त दिन कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अपलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने यस्ता किसिमका कामदारको समस्या समाधानको लागि पहल गरिने छ । यस्ता खालका समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपि र आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोवाइल नं. लिएर जानुपर्ने हुन्छ ।
कार्यक्रम हुने स्थानको लोकेशनः

>









Discussion about this post