मिश्रा गुरुङको नयाँ गजल ‘फूलको धारले’ सार्वजनिक इटहरी । कवियत्री मिश्रा गुरुङको नयाँ गजल ‘फूलको धारले’ सार्वजनक भएको छ । लामो समय देखी कविता, गित तथा गजल लेख्दै आएकी गुरुङको नयाँ गजल बजारमा ल्याएकी हुन । गजललाई क्यास म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गुरुङको शब्द तयार गजललाई गायिका सरिता राई(आङबुहाङ)ले स्वर दिएकी छिन् । गितलाई दुर्गा पराजुलीले कम्पोज गरेका हुन भने एरेन्ज किरण कडेँलले गरेका छन् । कविता गितगजल लेख्दै आएकी गुरुङले पहिलो पटक रेकर्ड गर्दै गजललाई बजारमा ल्याएकी हुन । गजल त धेरै लेख्दै आएको हो भएपनि रेकर्ड नै गरेको थिएन तर यस पटक रेकर्ड गरी बजारमा ल्याएको गजलकार गुरुङले जानकारी दिईन । गजललाई स्रोता तथा दर्शकले मन पराउने आफुले विश्वास लिएको पनि उनले बताईन । गितको म्युजिक भिडियो पनि तयार गरिएको छ । म्युजिक भिडियोलाई कमल राईले निर्देशन गरेका छन् । यशराज, रचना शिवाकोटी र विमला खजुम लिम्बुको अभिनय रहेको म्युजिक भिडियोलाई सुमित गुरुङले कोरियोग्राफ गरेका छन् भने शिव ढकालले खिचेका हुन । भिडियोलाई मनोज काकीले सम्पादन तथा रंग सम्योजन गरेका छन् ।

>








Discussion about this post